Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्तीको सिफारिस

2018 Oct 21 1:58 PM 24

विज्ञापन

Birat Cancer Hospital
निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्तीको सिफारिस
बिराटनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई बर्खास्तीको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बित इन्सपेक्टर जगदीश भट्ट लगायतका प्रहरीको कामकारबाहीबारे अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसको आधारमा विष्ट र भट्टलाई बर्खास्तको सिफारिस गरेको हो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?