Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

छोराको हत्यापछि आत्महत्या

Oct 21, 2018 8:30 AM
छोराको हत्यापछि आत्महत्या

बिराटनगर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए । मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

Dhoni Sabuun