Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सीमामा साढे ८ करोडको चरेश बरामद

Oct 22, 2018 4:32 AM
सीमामा साढे ८ करोडको चरेश बरामद

बिराटनगर । भारतको सशस्त्र सीमा बलले नेपाल –भारत सीमा क्षेत्रबाट ८ करोड ६० लाख मूल्य बराबरको चरेश बरामद गरेको छ । उक्त चरेश पूर्वी चम्पारण क्षेत्रमा बरामद गरिएको हो ।

एसएसबीका १७ औं बटालियन कमाण्डर प्रियाबत शर्माले जनाएअनुसार ४३ केजी चरेश एउटा कारबाट  बरामद गरिएको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त चरेश गएको शुक्रबार राति नेपालबाट भारततर्फ तस्करी गरिएको भारतीय प्रहरीको भनाइ छ ।

तस्करीमा संलग्न भारतकै कानपुरका ३५ वर्षिय गिर्जेसकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dhoni Sabuun