Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

नेकपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

Oct 22, 2018 4:37 AM
नेकपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?
बिराटनगर । नेकपाकाे केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ । आइतबार बसेको सचिवालयको बैठकमा केही विषयमा छलफल भएको थियो, सोमबार छलफलले निरन्तरता पाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पार्टीमा आन्तरिक विवाद चुलिँदै गएका बेला लगातार स्थगित भएको सचिवालय बैठकमा सबै विषयमा बिस्तारमा छलफल गर्न दुई दिने बैठक बसेको हो । बैठकमा प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूचि तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूचि रहेकाे छ । यी सबै विषयमा सोमबारको बैठकमा छलफल हुनेछ । पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भइरहेको बताइएको छ ।
Dhoni Sabuun