Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

ट्रयाक्टरले स्कुटीलार्इ ठक्कर दिँदा एक जनाको मृत्यु

Oct 22, 2018 6:26 AM
ट्रयाक्टरले स्कुटीलार्इ ठक्कर दिँदा एक जनाको मृत्यु
बिराटनगर । धनुषाको जनकपुरधाम–ढल्केर सडकखण्डमा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उप–महानगरपालिका–१४ मुजेलियामा ट्रयाक्टरको ठक्करबाट स्कुटीको पछाडि रहेका सन्दीप नायक मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए । सोमवार बिहान उत्तरतर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टरले पिडाडी चोकबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। मृतक नायकको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।  
Dhoni Sabuun