Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

निजी कम्पनीले पनि आजदेखि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

Oct 23, 2018 4:11 AM
निजी कम्पनीले पनि आजदेखि ‘स्मार्ट लाइसेन्स’ छाप्ने
बिराटनगर । स्मार्ट लाइसेन्स अाजदेखि निजी कम्पनीले समेत छाप्ने तयारी गरेकाे छ । अाज पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले अाजबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए । ‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’ पाँच लाखले पाएका छैनन् स्मार्ट कार्ड :- सवारीचालक अनुमतिपत्र लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् । स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ । पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Dhoni Sabuun