Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

च्याम्पियन्स लिगमा सिटीको सहज जित

2018 Oct 24 9:59 AM 28

विज्ञापन

Birat Cancer Hospital
च्याम्पियन्स लिगमा सिटीको सहज जित

एजेन्सी । म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शाख्तर डोनेट्स्कबिरुद्ध सहज जित निकालेको छ । लिग अन्तगर्त गएराति सम्पन्न समूह एफको खेलमा सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कमाथि ३–० को गोलअन्तरले जित निकालेको हो ।

घरेलु मैदानमा डोनेट्स्कलाई पराजित गर्न सिटीका डेभिड सिल्भा, बर्नार्डो सिल्भा र एम्रिक लापोर्टेले गोल गरे । खेलको ३० औ मिनेटमा सिटीले डेभिडको गोलबाट अग्रता बनाएको थियो ।

लगत्तै ५ मिनेटपछि सिटीले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा सिटीका एम्रिक लापोर्टेले गोल गरेका थिए । पहिलो हाफमा २–० ले पछि परेको डोनेट्स्क दोस्रो हाफमा पनि लय समात्न सकेन र थप १ गोलको शिकार भयो । बर्नार्डो सिल्भाले ७१ औं गोल गर्दै सिटीलाई ३–० विजयी बनाए । बिजयीसँगै सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तगर्त मंगलबार भएको समूह जि को खेलमा रोमाले मस्कोलाई पराजित गरेको छ । रोमाको मैदानमा भएको खेलमा मस्को ३–० ले पराजित भएको हो । मंगलबार राति सम्पन्न समूह ई को खेलमा बायर्न म्युनिखले एइके एथेन्सलाई २–० ले हराएको छ । समूह ईको अर्को खेलमा आयाक्स बेन्फिकाबिरुद्ध १–० ले विजयी भयो । समूह एचको खेलमा भ्यालेन्सीयाले योङ ब्वाइजसँग १–१ को बराबरी खेल्दाँ लियोन र टिएसजी होफेनहेनले ३–३ गोलको बराबरी खेलेका छन् । लिग अन्तगर्त आजराति ८ खेल हुँदैछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?