Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विमानस्थलको स्तरोन्नतिका लागि उडान बन्द हुने

2018 Oct 24 10:53 AM 27

विज्ञापन

Birat Cancer Hospital
विमानस्थलको स्तरोन्नतिका लागि उडान बन्द हुने

बिराटनगर । जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ ।

विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति भइरहेको छ । स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए । यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने गरेका छन् । विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो ।

दशैँतिहारमा जहाज बन्द नगर्नुपर्ने भए पनि मौसमको अनुकूलताले बन्द गर्नुपरेको प्रमुख शर्माले जानकारी दिए ।  चापका समयमा विमानस्थल बन्द भएकामा दुःख व्यक्त गर्दै स्थानीयवासीले छिटो काम सक्न माग गरेका छन् ।

स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिला नहुुने बताइएको छ । मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी भइरहेको छ ।

-रासस

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?