Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
मनोरञ्जन

चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

2018 Oct 27 2:09 PM 197

विज्ञापन

Birat Cancer Hospital
चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा । श्रीअन्तु सुर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्घ छ । सुर्याेदय संगै कंचनजंघा हिमाल, अन्तु पोखरीको सुन्दरता , चियाबारी आदिको दृश्यावलोकन गर्न सकिन्छ  । बिगतमा समाल्बुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने यो स्थान हाल सूर्याेदय नगरपालिकामा पर्दछ । वि.स. २०४३ मा यसलाई दीपेन्द्र शिखर नामकरण गरिएको भए पनि यसलाई श्रीअन्तु नामले चिनिने गरिन्छ ।

1 कसरी जाने ? आफ्नो साधन (गाडि,बाइक) लिएर जानलाइ झापा जिल्लाको चारआली हुदै फिक्कल वा पशुपतीनगरबाट श्रीअन्तु सम्म पुग्न सकिन्छ । यदि सार्वजनिक यातायातमा जाने हो भने  विर्तामोड जानु पर्ने हुन्छ त्यहा बाट २५० रुपैया तिरे श्रीअन्तु संम पुग्ने गाडि पाउन सकिन्छ । कहाँ बस्ने ? होटल हरु प्रस्त नखुले पनि होमस्टेमा प्रतिरात ६०० देखि १५०० रुपैयाँसम्म पर्छ । एउटा कोठामा ४ जना सम्म बस्न सकिन्छ । के खाने ? होमस्टेमा सादा खाना तथा मासु खाना आफ्नो इच्छा अनुसार खाना पाइन्छ । सादा खाना दाल , भात , तरकारी, अचार लाई १०० देखि १५० सम्म पर्छ र मासु खानालाई २५० देखि ३०० सम्म पर्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?