Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अब अप्रेशन ५ हजारमै

2018 Oct 28 9:55 AM 28

विज्ञापन

Birat Cancer Hospital
अब अप्रेशन ५ हजारमै
बाजुरा । पेट दुखेर छटपटाइरहेकी गौमूल–४ की ३६ वर्षीया रितु रोकायालाई परिवारले जिल्ला अस्पताल पुर्‍यायो । परीक्षण गर्दा उनको सानो आन्द्रामा घाउ देखियो । पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यो तहको शल्यक्रिया त्यसअघि जिल्ला अस्पतालमा भएकै थिएन । ‘अरू अस्पताल पुर्‍याउँदासम्म ज्यानै जान सक्थ्यो,’ डा. दुर्गाराज महर्जनले भने, ‘त्यसैले अभिभावकको स्वीकृतिमा यहीँ शल्यक्रिया गर्ने निर्णय गर्‍यौं।’ यहाँ उक्त शल्यक्रिया सफल हुनु कुनै चमत्कारभन्दा कम हुने थिएन। आखिर त्यही चमत्कार भइछाड्यो। रितु अहिले निकै आराम महसुस गरिरहेकी छन्। सहरका ठूला अस्पतालमा ५ लाखसम्म लाग्ने उक्त शल्यक्रिया विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको बाजुरामा जम्मा ५ हजारमा सम्पन्न भयो। भदौ अन्तिमको घटना हो यो । आधारभूत तहको मात्र सुविधा छ जिल्ला अस्पतालमा। तैपनि यति जटिल प्रकृतिको शल्यक्रिया सफल हुँदा चिकित्सक कम्ता खुसी छैनन् । ‘जिल्लामा पहिलोपटक यति ठूलो सफल अप्रेसन भएकामा खुसी त लाग्ने नै भयो,’ महर्जनले भने । महर्जन एमडीजीपी डाक्टर हुन् । ‘उनैले हिम्मत गरेपछि डा. टीकाराम राईलगायतको सहयोगमा त्यो शल्यक्रिया सफल भयो,’ अस्पताल प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने, ‘बिरामीको आन्द्रा फुटेको (इन्टरटाइनल परफोरेसन) भएको थियो। ग्यास्ट्रो सर्जरीका विशेषज्ञ सर्जनले मात्र गर्ने शल्यक्रिया हो यो ।’ बिरामीलाई बेहोस पार्ने ऐनेस्थेसिया मेसिन पनि छैन न त एनेस्थेसिस्ट । औषधिद्वारा बेहोस पार्नुको विकल्प हुन्न । जिल्लामा रक्तसञ्चार केन्द्र नभएकाले चाहिएका बेला रगत पाइँदैन । कक्षभित्र मनिटर र एक्सरे मेसिन छैनन् । ‘आईसीयू, एसआईसीयू त टाढाको कुरा भयो,’ महर्जनले भने, ‘पानी र बिजुलीकै समस्या भइरहन्छ, चाहिएको औषधि पाइँदैन । त्यही कक्षभित्र पहिलोपटक जटिल अप्रेसन गर्दा हामी पनि डराएका थियौं ।’ अस्पताल प्रमुख विश्वकर्माका अनुसार सहरबजारका सुविधासम्पन्न ठूला अस्पतालमा मात्रै सम्भव त्यो तहको शल्यक्रिया गर्न कम्तीमा ५ लाख खर्च लाग्छ । हाल उपलब्ध एमडीजीपी डाक्टर महर्जनलाई निकसाइन संस्थाले जिल्लामा संकट परेका बेला तत्काल गर्नुपर्ने सानातिना शल्यक्रियाका लागि प्रबन्ध गरेको हो । डा. महर्जन, राई, राजेश बर्मा, चूडामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाको समूहले करिब ५ घण्टा लगाएर त्यो जटिल शल्यक्रिया सम्पन्न गर्‍यो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न