Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरको दोस्रो हार

2018 Oct 28 1:01 PM 25

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको दोस्रो हार

बिराटनगर । पीपीएल अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई  ७८ रनले जितेको छ  । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनायो ।

५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो । विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप जोराले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, विराटनगरलाई १०४ रनमा समेट्न धनगढीका ड्यानीयल लरेन्सले सर्वाधिक ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ र रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए ।

त्यस्तै, टस जितेर पहिलो फिल्डिङ रोजेको सन्दीप लामिछानेको टिम विराटनगरले धनगढीलाई सानो लक्ष्यमा रोक्ने तयारी गरे पनि धनगढीका सौरभ खनालको विष्फोटक ब्याटिङपछि १८२ रन बनाएको थियो । सौरभले १३ बलको सामना गर्दै ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका थिए भने कम बल खर्चेर ४१ रन बनाउने सौरभ दोस्रो ब्याट्सम्यान भएका छन् । यसअघि पोखरा पल्टनका विनोद भण्डारीले ११ बलमा ४१ रन बनाएका थिए । विराटनगरविरुद्ध धनगढीका पिटर ट्रेगोले उत्कृष्ट ब्याटिङ गरेका थिए । ३८ बलको सामना गरेका पिटरले ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?