Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा बिराटनगरको लगातार तेस्रो हार

2018 Oct 29 2:00 PM 10

विज्ञापन

Biratkhavar
पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा बिराटनगरको लगातार तेस्रो हार
बिराटनगर । पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार हारेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो । सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ३९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । ओपनर अमित श्रेष्ठले ३५ रन, कप्तान ज्ञानेन्द्र मल्ल १७ रन जोडे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । लगातार तेस्रो हारसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ ।यसअघि पहिलो खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा पनि विराटनगर धनगढी बुल्जलेसँग ७८ रनको विशाल अन्तरले पराजित भएको थियो । अब विराटनगरले चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु