Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काँग्रेस अब नयाँ दृष्टिकोणमा चल्छ :- डा. शेखर कोइराला

2018 Nov 2 11:15 AM 25

विज्ञापन

Birat Cancer Hospital
काँग्रेस अब नयाँ दृष्टिकोणमा चल्छ :- डा. शेखर कोइराला
पबित्रा संगम, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेस अब नयाँ दृष्टिकोणमा अघि बढ्ने बताएका छन् । नयाँ नेतृत्वमा जो आएपनि पार्टी अब नयाँ दृष्टिकोणमा चल्नुको विकल्प नरहेको कोइरालाको तर्क छ । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. ६ ले बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा मोरङको डङ्ग्राहामा आयोजना शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले सरकार असफल बनाउने काँग्रेसले नभएर उसकै काम र चरित्रले हुने टिप्पणी गरे । काँग्रेस महाधिवेशनले अब पार्टीलाई नयाँ दृष्टिकोणले दिने बताउँदै जुन नेतृत्व आएपनि नयाँ दृष्टिकोणबाटै अघि बढ्ने दाबी गरे । भने,‘देश विकास र जनताको आकांक्षा पूरा गर्ने अभिभारा अब काँग्रेसले लिनुपर्छ । पार्टी नयाँ दृष्टिकोणले चल्नुपर्छ ।’ उनले सरकार आफ्नै कारणले असफल भएको बताउँदैभने,‘सरकार असफल भइसकेको छ । प्रधानमन्त्रीले आफै सुरक्षा निकाय र न्यायालयले नै साथ दिएन भन्दै हिंड्नुले सरकारको अवस्था चित्रण गर्छ ।’ संघीयता असफल बनाउने दिशामा सरकार अग्रसर भएपनि काँग्रेसले यसलार्य जोगाउने कोइरालाको दाबी थियो । बलात्कारका घटनामा संलग्न अपराधी पक्राउ पर्न नसक्नुले पनि सरकार के गर्दैछ भन्ने प्रश्न जनस्तरमा उठेको बताउँदै कोइरालाले भने,‘संघीयता असफल बनाउन सरकार नै लागि रहेको छ । संघीयता सफल बनाउन काँग्रेस अग्रसर हुनुपर्ने बेला आएको छ ।’ उनले महासमितिको बैठक लम्ब्याउनु नहुने र पार्टी सभापतिलाई धेरै अधिकार दिन नसकिने बताए । उनले नेतृत्व सच्चिनु पने नत्र काँग्रेस हाल बेहाल हुने टिप्पणी गरे । कार्यक्रममा पूर्वसांसद अशोक कोइराला, विराटनगर महानगरका मेयर भीम पराजुली, पूर्वमन्त्री दिलिप गच्छदार, प्रदेश सभा सदस्य चुमनारायण तवदार लगातयले मन्तब्य राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?