Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘देशले सुशासन र विकास खोजेको छ’–डा. शेखर

2018 Nov 3 9:24 AM 44

विज्ञापन

Birat Cancer Hospital
‘देशले सुशासन र विकास खोजेको छ’–डा. शेखर
गोमा खतिवडा, विराटनगर । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले बताउनु भयो । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रुपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताए । भने,‘कटुता त्यागेर देश विकास नै प्राथमिकता बन्नुपर्छ । संघीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल सुरु भएको छ । यो भए संविधान पनि असफल बन्छ ।’ कोइरालाले सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले मोरङ त राजनीतिक रुपमा अझ उर्जाशील भएपनि विगत केहीयता भने यो क्रममा कमी आएको जस्तो महशुस सुनाए । नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्स पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिदैैं भने,‘प्रतिबन्धित कालमा निरंशुताविरुद्ध जनताका भावना मुखरित गर्नका लागि चियापान आरम्भ गरिएको थियो । त्यो संस्कार अहिले पनि निरन्तर चल्नु सकारात्मक हो ।’ ढकालले सँगै राजनीतिक आन्दोलन गरेका दल देश विकासका लागि पनि सँगै अग्रसर हुनुपर्ने बताए । काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गरिन । नेकपाका गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए । रतुवामाई नगरपालिकाका मेयर रविन राईले सबै पर्वले आपसमा भाइचारा बढाएको चर्चा गरे । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पर्वहरु उत्सवसमेत भएको बताए । भने,‘शुभकामना लिने र दिने प्रक्रियामा पनि असल संस्कार नै हो ।’ कार्यक्रममा काँग्रेसका प्रदेश सांसद शिवनारायण गन्गाई, पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले काँग्रेसले विगतदेखिकै परम्परालाई निरन्तरता दिन चियापान आयोजना गरी विचारको आदान प्रदान गरेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला