Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा बन्यो प्रदेश स्तरीय कृषि तथा तरकारी बजार

2018 Nov 29 1:56 PM 32

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा बन्यो प्रदेश स्तरीय कृषि तथा तरकारी बजार
उमेश खत्री ।  प्रदेशको नम्बर एकको  किसानलाई लक्षित गरि कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कट्ठा र कटहरी गाउँपालिकाको बाकी सहित ५ बिगाहा २ कट्ठा व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले फलफुल तथा तरकारी बजारको निर्माण पुरा भएको हो । करिब १६ करोड ८८ लाखको लागतमा आधुनिक सुबिधा सम्पन्न बजार निर्माण भएको ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाका निर्देशक तथा कृषि मन्त्रालयका सहसचिव डा गोबिन्द शर्माले जानकारी दिए ।  स्थानीय तहमा उपभोक्ता समिति गठन गरी, प्रदेश र केन्द्र सरकारले अनुगमन र नियमन गर्ने गरी बजार सञ्चालन गरिने शर्माले बताए । बजार निर्माण पुरा भएसँगै बजार कसले उद्घाटन गर्ने भन्ने बारेमा तयारी शुरु भएको छ । गत कात्तिक तेस्रो साता नै भवन उद्घाटन गर्ने तयारी थियो तर  प्रधानमन्त्री ओली को स्वास्थ्यमा  समस्या आएपछि हस्तान्तरणको काम रोकिएको थियो । प्रदेश १ को अस्थायी राजधानी विराटनगरको सडकहरुमा हाट बजार लाग्दै आएको छ र  व्यवस्थित तरकारी तथा फलफूल बजार छैन । महानगरका यो तरकारी तथा फलफुल बजारको निर्माणसँगै किसान तथा बिक्रेताले फाईदा लिने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले जानकारी दिए । कूल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको अत्याधुनिक कृषि बजार अन्तराष्ट्रिय स्तरको भएको निर्माण पक्षको दाबी छ । आधुनिक बजार व्यवस्थापन गर्न गठन गरिने समितिले तरकारी बजारको मुल्य निर्धारण, भाडा ब्यवस्थापन हुने भएकोले किसान र उपभोक्ता दुबै लाभान्वित हुने प्रवक्ता यादवले बताए । गत बर्ष नै निर्माण पुरा हुनु पर्ने भएता पनि  गत बर्षको बाढीकोे कारण निर्माणाधिन संरचना भत्काएपछि लम्बएको र लागत पनि बढेको हो । त्यस्तै हो । करिब १४ करोडमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो लागत १६ करोड ८८ लाख पुगेको हो । तर केही बिलम्बका बिच पछिल्लो समय कामले गती लिएको कारण काम सम्पन्न गरी सकेकोले अब चाँडै हस्तान्तरणको तयारीमा आफुहरु रहेको निर्माण कम्पनी भुमी कन्ष्ट्रक्सनका संचालक अभिनाश बोहराले बताए । निर्माण पुरा भएपछि हस्तान्तरण सँगै बजार ब्यवस्थापनको लागि आबस्यक पर्ने समिति बन्न नसक्दा हस्तान्तरणको काममा ढिला भएको हो । निर्माण कम्पनी निर्माणाधिन संरचना बुझाउन आतुर भएपनि ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजनाको तर्फबाट गर्नु पर्ने त्यो काम पुरा हुन नसक्दा ढिला भएको हो । संघीय कृषि विकास मन्त्रालय, ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजना, प्रदेश स्थित भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तथा कर्मचारीहरुले निर्माण भएको कृषि बजारको अनुगमन गरेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न