Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला

2018 Dec 12 1:53 PM 20

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला
मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै सरकारमा बसेर बिपक्षीलाई सम्मान गर्नु पर्ने बताएका छन् । मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा भएको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोईरालाले यस्तो माग अघि सारेका हुन् । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोईरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता माथि नै प्रश्न उब्जाएको दाबी गरे । केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए । ‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे । फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियतामा र कार्यकर्ताको मनोबल बढाउन पाटी लागिसकेको समेत नेता कोईरालाले बताए । मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् । राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल लगायत कृष्ण पौडेल स्थानीय बिभिन्न पाटीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । कार्याक्रममा महासमिति सदस्य डा.सुनिल शर्मा, केन्द्रिय सदस्य गगन थापाले आफना कुरा राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?