Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल सरकारले लगाएको भारुनोटको प्रतिबन्ध पछि झापा जिल्ला यसको असर एक रिर्पोट

2018 Dec 28 1:58 PM 31

विज्ञापन

Birat Cancer Hospital
नेपाल सरकारले लगाएको भारुनोटको प्रतिबन्ध पछि झापा जिल्ला यसको असर एक रिर्पोट
झापाबाट पुजन घिमिरेको एक रिर्पोट झापा । भारतीय रुपैया दुई हजार, एक हजार, पांच सय लगायत दुई सयका नोटहरुलाई नेपाल सरकारले प्रतिबन्द्ध लगाउने पुरानै सरकारको योजनालाई निरन्तरता दिएको छ । सरकारले दुइहजार, पाँचसय दुईसय दरका भारतीय नोटको चलनचल्तिमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछी अहिले झापाका सिमावर्ती बजारहरुमा क्रमश त्यसको असर देखापर्न थालेको हो ।ind-2 झापाको भद्रपुर, झापाबजार, काकडभिट्टा लगायतका सिमावर्ती बजारमा ठूला भारतीय नोटको अभाव हुदाँ कारोबारमा असर परेको छ । सय रुपया भन्दा माथिका भारतीय नोटको चलनचल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगेपनि आम नागरिकको दैनिकीमा प्रभाव देखिन थालेको छ । प्रतिबन्धका कारण काकडभिट्टा नाका भएर नेपाल छिर्ने पर्यटकहरु नोट नसाटिएपछी काकडभिट्टाबाटै फर्कन थालेको मेची कार्यालय भन्सार काकडभिट्टाका कर्मचारी राम अधिकारी बताउछन् । त्यस्तै नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काकडभिट्टा र भद्रपुरका सटहि काउण्टरहरुले समेत माग अनुसार नोट साट्न नसकिएको बताएका छन् । उनिहरुले एक सय र सो भन्दा साना नोटको भरमा मात्रै सिमावर्ती बजारको कारोबार धान्न नसकिने अर्का ब्यवसायि चन्द्र प्रसाद सिटौलाले बताए । त्यस्तै सिमावर्ती क्षेत्रमा ब्यवसाय संचालन गर्दै आएका केही ब्यापारिले पनि नोटमा प्रतिबन्ध लागेपछी कारोबार ठप्प भएको बताए । उनिहरुले बिगतको तुलनामा ५० प्रतिशतले कारोबार घटेको स्थानीय ब्यापारीले बताए । ठूला भारतीय नोट चल्न छाडेपछी सिमाका सर्वसाधारण समेत किनमेलका लागि भारतिय बजार जान समस्या पैदा भएको सर्बसाधारणहरुले बताउँछन् । यसैगरी नोटको चलनचल्तिमा लागेको प्रतिबन्धका कारण स्वास्थ्यपचारमा भारत जाने सर्वसाधारणलाई सर्वाधिक मार परेको पाइएको छ । उनिहरुले भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मार्कामा परेको स्थानीयबासीहरुले बताएका छन् । बिगतमा समेत सरकारले भारतिय ५ सय र एक हजार दरको नोटको चलनचल्तिमा रोक लगाएकै थियो तर, ति नोटको कारोबार बन्द भएसँगै सिमामा गैहकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लुट्ने गरेका थिए । त्यस्तै अहिले पनि नोटमाथिको प्रतिबन्धले त्यस्तै धन्दा गर्नेहरुलाई फाइदा पुग्ने केही ब्यवसायिहरुको भनाई छ । काकडभिट्टाका केही ब्यवसायिले भने सरकारको निर्णयले भारतसँगको ब्यापार घाटा कम गर्न मद्धत पुग्ने भएकाले नोटमाथिको प्रतिबन्धले केही असर नपरेको दाबी गरेका छन् । यी नोटमाथिको प्रतिबन्धका कारण भारत सँगको ब्यापार घाटा कम गर्न त मद्धत पुग्ला । तर, यसको फाईदा उठाउदै भारतिय सिमावर्ती बजारहरुमा महगो दाममा भारु नोटको कारोबार गर्नेहरुले यसको लाभ लिन सक्ने प्रसस्त बाटो खोलिदिएको छ । त्यस्तै भारतिय शहरमा मजदुरी गरेर त्यवापतको तलव स्वरुप ठूला नोट बोकेर घर फर्कने नेपालीलाई समेत यसले प्रत्यक्ष असर गर्नेछ । तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपि गैहकानुनि रुपमा भारतिय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महगोमा भारतिय नोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न