Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भ्रष्टचार अभियोग लागेका यी सांसदलाई घोक्रेठ्याक, कालोनिलो भएर बाहिरिए

2019 Jan 2 12:33 PM 35

विज्ञापन

Birat Cancer Hospital
भ्रष्टचार अभियोग लागेका यी सांसदलाई घोक्रेठ्याक, कालोनिलो भएर बाहिरिए

बिराटनगर ।  सत्तारुढ संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियार ‘पप्पु’ संसद भवन छिर्न नपाएपछि आक्रोशित बनेका छन । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संसदको बैठकमा निलम्बित सांसद रौनियार जवरजस्ती प्रवेश गर्न खोजेका थिए । रौनियारलाई सभामुख र महासचिवको आदेश भन्दै मर्यादापालकहरूले बैठक कक्षभित्र प्रवेश गर्न नदिइएको हो ।

निलम्बित सांसद रौनियारलाई संसदको बैठकमा प्रवेश नदिएपछि सभामुख कृष्णबहादुर महरा र महासचिव मनोहरप्रसाद भट्टराईलाई भेटेर आक्रोश पोख्न खोजेका थिए । तर, निलम्बित सांसद रौनियारलाई भेटन सभामुख र महासचिवले मानेनन । पप्पु कन्ट्रक्सनका मालिक समेत रहेका रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेपछि सांसद रौनियारलाई संसद सचिवालयले निलम्बन गरेको छ ।

संघीय फोरमका सांसद रौनियार असोज १९ गतेदेखि निलम्बनमा परेका छन् । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियार ‘पप्पु’सहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुमित रौनियार हरिनारायणका छोरा हुन ।

रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपियाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।पप्पु कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको थियो । पप्पु कन्ट्रक्सनले ११ अर्ब रूपियाँ बराबरका ४० आयोजना ओगटेर अलपत्र पारेको छ ।

‘पप्पु’ कन्ट्रक्सनकै कारण रौतहटमा पुलका लागि तयार रेर अलपत्र छाडिएको खम्बामा ठोकिएर केही महिना अगाडि ढुंगा दुर्घटना समेत भएको थियो ।निलम्बित सांसद रौनियारले अहिले पनि सांसदको लोगो लगाएर सरकारी कार्यालय जाने, ठेक्काको कामको हिसाव किताव मिलान गर्ने लगायतका कार्य गर्दै आएका छन ।

केही दिन अगाडि पनि निलम्बित सांसद रौनियारले सांसदको लोगो लगाएर हुलाकी सडक कार्यालय मीनभवनस्थित कार्यालयमा पुगेर हिसाव किताव मिलान गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न