Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकारी विद्यालय र निजी विद्यालयसँग प्रतिष्पर्धा भन्दा सहकार्यमा जानुुपर्छ - मन्त्री कार्की

2019 Jan 10 3:51 PM 41

विज्ञापन

Birat Cancer Hospital
सरकारी विद्यालय र निजी विद्यालयसँग प्रतिष्पर्धा भन्दा सहकार्यमा जानुुपर्छ - मन्त्री कार्की

गोमा खतिवडा(आचार्य)

विराटनगर । प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजिसँग प्रतिष्पर्धा भन्दा सहकार्य गरी बालबालिकाको भबिश्य बनाउन तिर सबै अभिभावक तथा सरोकारबाला लाग्नु पर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोड दिएका हुन् । 19 शिक्षामा एकरुपता कायम गर्न राज्यले आयोग बनाएर विज्ञहरुसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघिय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनुपर्ने बताए । यद्यपी राज्यको सम्पूर्ण लगानी भएका विद्यालय र राज्यको कानूनतः सञ्चालन भएका निजि विद्यालयको गुणस्तरमा आकाश जमिनको भिन्नता देखिएकाले त्यसको दुरी कम गर्नुपर्नेमा जोड दिए । अहिले नै राज्यले सवै निजि क्षेत्रका विद्यालयहरुलाई सरकारी विद्यालयको रुपमा रुपान्तरण गर्ने स्थिती नरहेको तर्क गरेका मन्त्री कार्कीले भने,‘ यसो गर्न कानूनत र आर्थिक लगानीको हिसावले पनि हामी सम्भव देखिरहेका छैनौं ।’ राज्यले सम्पूर्ण लगानी भएका विद्यालयहरुको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिष्पर्धि बनाउन सकेमात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने बताए । यस्तै मन्त्री कार्कीले एभरेष्ट स्कुलले २५ वर्षमा शैक्षिक गुणस्तर कायम गर्न खेलेको भूमिकाको प्रशंशा गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतीमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताए । सञ्चालकहरुले व्यवस्थापन कुशलतापूर्वक गरेपनि एभरेष्टलाई यो उचाईमा पु¥याउन अभिभावकहरुको महत्वपूर्ण लगानी र विश्वास रहेको बताए । उनले अभिभावकको विश्वासलाई आत्मसाथ गर्दै एभरेष्टले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए । उनले भने,‘आजको शिक्षा एउटा देशका लागि मात्र नभई सिंगो विश्वका लागि हुनुपर्छ, हामी त्यस्तै शिक्षा प्रदान गर्ने जमर्को गरिरहेका छौं ।’ हाम्रा उत्पादन विदेशमा बिक्नुपर्छ भन्ने नभई विश्वस्तरीय शिक्षा यहाँपनि हुनुपर्छ र समृद्ध नेपाल बनाउन भूमिका खेल्नसक्ने हुनुपर्छ भन्ने रहेको प्रिन्सिपल पुरीले बताए ।5 त्यसकै लागि अंग्रेजी माध्यमको विद्यालय भएपनि आफ्नो सस्कृती र नैतिकताका सवालमा विद्यालयले जोड दिँदै आएको बताए । हामी चाहन्छौं हाम्रा विद्यार्थीहरुको सर्वाङ्गिण विकास होस्, यसकालागि पनि खेलकुदका विभिन्न कार्यक्रम र प्रतिष्पर्धाको आयोजना गरिएको उनले प्रष्ट्याए । आइतबार समापन हुने खेलकुद सप्ताहको पहिलो दिन विहिबार कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । शुक्रबार कक्षा ६ र ७ र आइतबार ८ कक्षा र त्यसमाथिका कक्षाबिच खेलकुदको कार्यक्रम हुने विद्यालयले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटन सत्रमा बालबालिकाहरुले मार्चपासदेखि विभिन्न भेषभुषासहित संस्कृति झल्कने प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला