Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बालिकाले गरिन् आमाको काम

2019 Jan 20 4:26 PM 23

विज्ञापन

Birat Cancer Hospital
बालिकाले गरिन् आमाको काम

आकृति रानी फुयाल

बिराटनगर ।  छोरी जन्मेपछि उनलाई  ठुलो  मान्छे  बनाउने सपना बोकेर धन  कामाउन मुग्लान पसेका सविनाको बुवा १३ बर्ष बितिसक्दा पनि फर्कीएका छैनन् । न त मान्छे आए न खबर नै । बुवा नफर्कीए पनि आमाको माया, ममतामा हुर्कदै  गरेकी सविनाको जीवनमा फेरी बज्रपात भयो ।

एउटा  मात्र साहारा आमालाई पनि दैवले हर्यो । उनि बेसहारा  बनिन् । झापा मेचिनगर ११ घर भएकी १३ बर्षीया सविना मेचेले भएको एउटा साहार आमा पनि गुमाएपछि आफै आमाको काजकिरीया गर्न बसेकि छिन् । १३ बर्ष अघि कमाउन घरबाट हिडेका श्रीमान् घर नफर्केपनि शरिरभरी रोग बोकेरै

भएपनि सबिनाकी आमा शर्मिला छोरीको सहाराका निम्ति बाचीरहेकी थिइन् । तर रोगले च्याप्तै लादा र उपचार खर्च नहुदा गएको बिहिबार उनको निधन भयो । रोगबाट ग्रसित शर्मीला मेचेको हिजो मृत्यु  भएपछि सविना आफै आमाको किरियामा बसेकी छन्  । आँखाभरि आँसु  पार्दै सविनाले भनिन् बा लाई कहिले देख्न पाइन,पैसा कमाउन भारत जानु भएको रे, आमाले पनि छोडेर जानुभयो, अब एक्लै कसरी बाच्ने होला ।’

उनिले थपिन ‘अरुकै जग्गामा यो एउटा झूप्रो छ आमाले खोलामा ढुङ्गा टिपेर गुजारा चलाउने गरेका थियौ, आमालाई पनि निको  नहुने रोग लागेपछि मैले पनि ८ कक्षा बाटै पढाई छोडेर आमालाई सघाउथेँ । शर्मिलालाई रोगले च्यापेपछी उपचार गर्ने खर्च अभावका कारण उनको मृत्यु  भएको मृतककी दिदीले बताइन् ।

मेचे समुदायमा  नै महिला काजकिरियामा बसेको यो पहिलो पटक भएको सोहि वडाका वडा अध्यक्ष सन्तोष कुमार मेचेले बताए । मेचे संस्कार अनुसार आमा,बुवाको किरिया १३ दिनसम्म छोराले गर्ने चलन रहेको थियो । परिवारमा अन्य सदस्य नभएकाले उनले आमाको काम गरेको अध्यक्ष मेचेले बताए

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?