Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट मेडिकल कलेजको उपचारले बच्चा र आमाको ज्यान जोगियो–श्रीमान् सग्राम

2019 Jan 26 12:39 PM 22

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेजको उपचारले बच्चा र आमाको ज्यान जोगियो–श्रीमान् सग्राम
बिराटनगर । झापा जिल्ला गौरीगञ्ज गाउ पालिका–५, कन्चिरा टोल निबासी १९ बर्षकी बिरामी महिला सुनिता मुर्मुले नयां जिवन पाए पछि उनका श्रीमान् सग्राम मुर्मु खुशीको हांसोमा रमेका छन् । बिभिन्न अस्पताल भैतारिए पछि बिरामी श्रीमति सुनितालाई कुनै अस्पतालले भर्ना नलिदा श्रीमान् सग्राममा तनाब मात्र भएन मेरी श्रीमति र गर्भमा रहेको मेरो सन्तानको भबिश्य के होला ? चिन्ता मात्रै रहयो । हुन पनि गरिब परिबारमा जन्मेको म, कसरी ठुला ठुला अस्तापलले आइसियूमा राखेर उपचार गर्न मान्थे र ? उनले गहं भरी आंशु पार्दै भने– अब त मेरी श्रीमति सुनिता र छोरीले नयां जिवन पाएं मेरो सानो परिबार हुने भयो । बिराट मेडिकल कलेज टिचिङ अस्तापल टंकीसिनवारीमा भर्ना भएको ५ दिन पछि मेजर अपरेशन पश्चात बच्चा र बिरामीको स्वास्थमा बिस्तारै सुधार आयो । प्रा.डा. हनुन पि. पोखरेलको नेतृत्वमा डा. सिमा मिश्र लगायतको टोलीले लामो शल्यक्रिया पश्चात दुबैका ज्यान जोगाउन सफल भएका छन् । यो सफलताबाट बिरामीका श्रीमान सग्राममा खुशी छायो अनि गाउतिर समेत मुर्मु परिबार र टोलमा अस्पताल र डाक्टरको टिमले चाहे भनेमा जुनसुकै बिरामीहरुको राहत हुने कुरा यो घटनाले पुष्टि गर्दछ । यो ब्यथा यतिमै सिमित हुदैन् । घर नजिकै रहेको दमकमा रहेका लाईफ लाईन अस्पतालमा भर्ना नलिए पछि र उपचार यहां सम्भव नहुने भन्दै डाक्टरले बिराटनगर रेफर गरिदिए । एम्बुलेन्सले सिधै नोबेल अस्पताल लगिदियो । मेरी श्रीमति अचेत थिईन् । गाउघरबाट अलि अलि पैसा उठाएर ल्याएको पैसा एम्बुलेन्सलाई दिदै सकियो । आइसियूमा राख्नु पर्ने बिरामी भएको हुनाले नोबेलमा पैसा जम्मा गर्नु पर्छ भन्दै समयमा पैसा जम्मा नगरेपछि आइसियू खालि छैन भन्यो त्यस पछि एक जना दाईको सहयोगमा मैले बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी लगे । यहां आईसियूमा भर्ना भयो र उपचार उधारोमा शुरु भयो । उपचार शुरु भए पछि डाक्टरहरुले मलाई भन्नु भयो कि यो रोग डरलाग्दो छ । एकलम्सिया रोग हो । यो रोग लागेको बिरामीहरुको ब्लड बिलिडिगं भैरहने, बिरामी काम्ने, अचेत हुने र गर्भमा रहेको बच्चा साथै आमाको ज्यान खतरामा हुने हुंदा प्रायः बिरामीहरुलाई भर्ना लिन मान्दैनन् । यस्ता बिरामीहरुमा बढी रिक्स हुन्छ । तसर्थ समस्या लिनु भन्दा अन्य तिर रेफर गरिदिनु बेश हुने भन्दै अस्पतालले टार्छन्, फेरी म गरिब परिबार देखे यसले पैसा जम्मा गर्दैन समयमा भन्ने सोच भयो होला ? बेलिबिस्तार बिरामीका श्रीमान सग्रामले सुनाए । पुर्ण साबधानीका साथ हामीले बच्चा र बिरामीलाई बचाउन सफल भयौ , यस्तो केश रेयर मात्रामा उपचार सम्भव हुन्छ अनि अलिकति केही भयो भने क्षतिपुर्ति माग्न थाल्छन् बिरामीहरुका आफन्तले तर हाम्रो काम नै बिरामीलाई उपचार गर्नु हो जुन सुकै बिराम पनि लाग्न सक्छ, के बिरामीले यो रोग लागोस भनेर त कसैले भन्दैन नि ? तसर्थ बिराट मेडिकल कलेजको धर्म यो हो कि जुनसुकै बिरामीहरुको उपचार पहिलो प्राथमिकता हो, अरु तपसिलका कुरा हुन् । गरिबले उपचार गर्नै नपाउने त ? सबै उपचार बिराट मेडिकल कलेजमा सम्भब हुने कलेजका रिलेसनसिप मिडिया म्यानेजर कृष्ण कंडेलले बताए । कलेजले बिरामीहरुका लागि धेरै प्रकारका रोगहरुमा निःशुल्क तथा सहुलियतमा उपचार समेत गर्देै आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?