Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यस बर्षको एस.इ.इ.–२०७५ परिक्षाको तयारी पुरा–शिक्षा इकाई प्रमुख राजेन्द्र बुढाथोकी

2019 Mar 20 3:37 PM 22

विज्ञापन

Birat Cancer Hospital
यस बर्षको एस.इ.इ.–२०७५ परिक्षाको तयारी पुरा–शिक्षा इकाई प्रमुख राजेन्द्र बुढाथोकी
अबिजाल बिष्ट, बिराटनगर । शिक्षा बिकास तथा समन्वय इकाई मोरगंले अगामी चैत्र १० गते देखि हुने एस.इ.इ.–२०७५ सालको परिक्षाको तयारी पुरा भएको इकाई प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ । मोरगं जिल्ला भित्र ३ सय ७३ वटा बिद्यालयबाट अध्ययनरत बिद्यार्थीहरुले यस बर्ष मोरगं जिल्ला भित्र तोकिएको ६९ वटा परिक्षाकेन्द्रबाट परिक्षामा सामेल हुदैछन् भने ६९ वटै तोकिएको सम्बन्धित केन्दमा खटिने ६९ जना केन्द्राध्यक्षलाई शिक्षा समन्वय इकाई मोरगंले अभिमुखिकरण तालिम सम्पन्न गरिसकेको छ । जिल्ला भित्र हुने एस.इ.इ. परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रसाशन कार्यालय मोरगं सबै केन्द्रलाई पत्राचार गरी शान्ति सुरक्षा कायम राख्न सबै प्रकिया अबलम्बन गरि सकेको मोरगंका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताउनु भयो । vlcsnap-2019-03-20-15h27m55s845 ९० जना सहायक केन्द्रान्यक्षहरु तोकिएको छ भने ९ सय २१ जना निरीक्षकहरु सहभागि हुने यस बर्षको परिक्षामा १८ हजार ३ सय ५२ जना परिक्षार्थीहरुले परिक्षा दिनेछन् । जसमा नियमित तर्फ १८ हजार ६८ जना रहेका छन् भने ग्रेड बृद्धि तर्फ २ सय ८४ जनाले परिक्षामा सहभागि हुने शिक्षा बिकास तथा समन्वय इकाई मोरगंका प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ । यो बर्ष १२ वटा प्राबिधिक बिद्यालयमा प्राबिधिक बिषय अध्ययन गर्ने ४ सय ३४ जना परिक्षार्थीहरुले परिक्षा दिनेछन् । सरकारको अनुदानमा सञ्चालन हुने १ सय ५९ वटा सामुदायिक बिद्यालय, एक सय ९७ वटा निजि क्षेत्रबाट सञ्चालन हुने संस्थागत बिद्यालय, एक गूरुकुल बिद्यालय, २ मर्दसा बिद्यालयबाट परिक्षार्थीहरु सहभागि हुने जानकारी समन्वय इकाई मोरगंले जनाएको छ । यसै गरी २ वटा खुल्ला, १ वटा बालसुधार गृह र ६ वटा गृहणी गरी जम्मा ३ सय ८० वटा कार्यक्रमबाट यस बर्षको मोरगंमा एस.ई.ई. परीक्षा केन्द्रमा सहभागि हुनेछन् । १३ जना बालसुधार गृहबाट परिक्षा दिदैछन् । एक सय ८९ जना कर्मचारीहरु, ३ सय ६७ जना कार्यालय सहयोगीहरु खटिने छन् भने एक हजार ३५ जना सुरुक्षाकर्मीहरुले सुरुक्षा दिनेछन् । एक परिक्षा केन्द्रमा १५ जनाको दरले सुरुक्षाकर्मीहरु खटिएका छन् । कुल २ हजार ६ सय ७१ जना परिक्षालाई सभ्य र शान्त कायम गर्न राष्ट्र्र सेवक कर्मचारीहरु खटिएको इकाई प्रमुख बुढाथोकीले जानकारी दिनु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ४ सदस्य जिल्ला परिक्षा समवन्य समितीले पुरै जिल्लाको परिक्षाको ब्यबस्थापन गर्नेछ । जस्मा जनपथ प्रहरीको जिल्ला प्रमुख एसपी र सशस्त्र प्रहरीको एसपी र सदस्य सचिब शिक्षा इकाई प्रमुख रहने ब्यबस्था छ । राजनैतिक भागबण्डाको कारणले बिगत बर्षहरुमा सधै परिक्षाको मुखमा आएर मात्र केन्द्राध्यक्ष तोकिने प्रचलन थियो । समस्या सृजना हुन्थ्यो तर सबै राजनैतिक दल लगायत शिक्षक संघ संगठनका पदाधिकारीहरुको सहकार्यबाट यस बर्ष इकाई प्रमुखको सक्रियताले एक हप्ता अगाडि नै ६९ वटै केन्द्राध्यक्ष तोकिएको छ । सहभागि केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण पश्चात नियुक्ति दिएर सबै परिक्षामा चाहिने सामग्री बुझेर लगिसकेको कारणले पनि परिक्षा मर्यादित हुने कुरामा शिक्षा समवन्य इकाई बिश्वस्त राखेको र सबैमा सहयोगको अपेक्षा समेत गरिएको इकाई प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?