Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

2019 Apr 28 1:07 PM 44

विज्ञापन

Birat Cancer Hospital
थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

विनय राजवंशी, बिराटनगर । प्रधानमन्त्रि केपी शर्मा ओलीले तामझामका साथ उदघाटन गरेको प्रदेश नं १ को पहिलो कृषि बजार अलपत्र परेको छ । मोरङको कटहरी गाउँपालिका १ मा निर्माण गरी उदघाटन गरेको पनि २ महिना भयो तर आजका मिती सम्म सञ्चालनमा आएको छैन् ।

निर्माण सम्पन्न भैसकेको ६ महिनापछि एकिकृत तरकारी तथा फलफुल थोक बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि सञ्चालन हुन सकेको छैन । उद्घाटनपछि बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । सञ्चालन नहुँदा घास उम्रन थालेको छ । नमुनाको रुपमा हेरिएको यो कृषि बजार शुरुबाट असरी अलपत्र पर्दछ भने प्रदेश सरकारले के काम गर्ला भनेर स्थानीय बासी दुखित छन् ।

थोक बजार सञ्चालनका लागि आवश्यक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालिन व्यबसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र कटहरी गाउँपालिकाको १८ कठ्ठा २ धुर ऐलानी गरी ५ विघा २ धुर जग्गामा १५ करोड ४९ लाख ३९ हजारको लागतमा थोक बजार निर्माण गरेको हो । यत्रो लागतमा निर्माण गरिएको सो थोक बजारमा कतैबाट पनि तरकारी आएको छैन् । उपभोक्ताहरु तरकारी किन्न जांदा केही भेटिदैन् भने आएको तरकारी पनि बिराटनगरको गुद्रि बजार तिर लानु भनेर थोक बजारमा बसेको सरकारी कर्मचारीले बताउछन् । बजार भन्दा टाढा छ समस्या हुन्छ उतै लानु भन्दै कृषकलाई दुःख दिन थालेका छन् । उक्त जग्गा सरकारले ५० बर्षका लागि भाडामा लिएर थोक बजार निर्माण गरेको छ । रमनरलामा जेभी कन्स्ट्रक्शनेले २०६८ सालमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा ठेक्का लिएर भदौ १५ गते निर्माण सम्पन्न गरेको थियो । कृषि वजार समयमा सञ्चालन हुन नसक्दा स्थानीय कृषकहरु निकै मर्कामा परेका छन् ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेशिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलारव्याटरी, सिसिटिभी, सुरक्षा गार्ड पोष्ट र साना तथा ठूला सवारीसाधन पार्किङ्गको व्यबस्था तरकारी बजारभित्र छ । तर अस्तब्यस्त भएको हुनाले समस्या नै समस्या नै परेको सुरुक्षा गार्डले समेत बताएका छन् । बजारमा बर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र १० हजार मेट्रिक टन फलफुल बिक्री हुने लक्ष्य रहेको जनाइएको थियो । तर केही भएको छैन् ।

बजारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित मूल सडकमा लाग्दै आएको साप्ताहिक हटिया र गुन्द्री बजारलाई ब्यबस्थापन गर्ने सोच अनुसार बिराटनगर महानगरपालिकाले ल्याएको सो अभियान पनि अलपत्र परेको छ । प्रधानमन्त्रि उदघाटन गर्दै जाने अनि स्थानीय सरकार ओलाीलाई सहयोग नगर्ने प्रबिधी बढेको होकी भन्ने भ्वान पनै थालेको छ । बिराटनगर महानगरपालिकाले सो स्थानमा भब्य थोक बिक्री केन्द्र खोलेको भनेर ब्यापार प्रचार गर्दै आएको छ तर यो प्रचारमा सिमित रहेको हुनाले महानगरपालिका संग जनता को आक्रोस बढेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला