अहिलेको अवस्थामा एकदमै गाह्रो छ । किनभने सरकारी स्कुलले अंग्रेजी माध्यम सुरु गरेपछि ठूलो कक्षाका विद्यार्थीहरु जाने क्रम बढेको छ । त्यसमाथि निजी वोर्डिङ स्कुलहरुमा पनि धेरै तानातान भइरहेको छ । स्कुलमा भर्ना भइसकेको विद्यार्थीलाई पनि अर्कै निजी विद्यालयले अनेक लोभ देखाएर आफ्नो विद्यालयमा तान्ने प्रवृत्ति वढेको छ । यसले गर्दा हामी एकदमै पिडित छौँ । एउटा कक्षाबाट ७र८ जना विद्यार्थी अन्यन्त्र जाँदाखेरी थोरै विद्यार्थी मात्र रहने भए । बाँकी रहेका विद्यार्थीहरुलाई पढाउनै प¥यो । यसरी हेर्दा एकदमै गाह्रो छ । हाम्रो बिद्यालयमा बिद्यार्थीहरुको औषत भर्ना दर रहेको छ । हामी गर्बका साथ भन्छौ कि यो अरनिको फाउण्डर टिमले लिएको हुनाले गुणस्तरमा कुनै कमि राखेका छैन् । यस बर्ष त निकै बिद्यार्थी भर्ना भएका छन् ।
४. निजी विद्यालयको शिक्षा नीति कस्तो छ ? तपाईले आफनो बिद्यालयमा कुन पद्धति अपनाउनु भएको छ ।
शिक्षा नीति भेदभावकारी छ । एउटै मुलुकमा दुई किसिमको नागरीक उत्पादन भएजस्तो देख्छु म । किनभने वोर्डिङ स्कुल पढेको विद्यार्थीले कुनै छात्रवृत्ति नपाउने भन्ने जुन सुन्नमा आएको छ , त्यहि कारणले पनि अभिभावकहरु अल्मलिनु भएको छ । तर पनि बिद्यार्थीहरु बोर्डिगं स्कुल नै रोज्नु हुन्छ । यहां पढाई राम्रो छ । हामी नयां शिक्षा पद्धतिबाट पढाउछौ यसका अतिरिक्त अन्य खेलकुद लगायत शैक्षिक भ्रमणमा बिद्यार्थीहरुलाई सामेल गरेका छौ ।
५. निजी विद्यालयहरुमा विद्यालय पिच्छे पाठ्यपुस्तक फरक ( फरक हुनुको कारण के होला ?
हामी अलग ( अलग पाठ्यपुस्तक भएता पनि पाठ्यक्रमले पास गरेकै किताबहरु प्रयोग गर्ने गर्छौ । पब्लिकेशनको संख्या अत्याधिक भएर पनि यस्तो अवस्था आएको हो । आज भन्दा १०र१५ वर्ष अगाडी थोरै मात्रामा पब्लिकेशन थिए भने अहिले ५० औँ कम्पनि भइसकेका छन् । जे भएपनि सबै किताब स्तरीय नै छन् । यो भन्दा अझ स्तरीय किताब ल्याउनु पर्छ भन्ने मेरो भनाइ हो ।
६ . निजी विद्यालयहरुको सिकाई “सुँगा रटाइ” हुन्छ भन्ने सुनिन्छ ? साँच्चै हो ?
हजुर हो , त्यस्तो पनि छ । त्यसै कारणले गर्दा अहिलेको सरकारले हरेक विषयमा २ ओटा विषय बाहेक सबैमा प्राक्टिकलको अवधारणा पनि राखेको छ । अभिभावकहरु के चाहानुहुन्छ भने आफ्ना छोराछोरीले आफूले सोधेको प्रश्नको उत्तर दिउन भन्ने चाहान्छन् । परीक्षा पनि रटेकै आधारमा हुने भएकाले यो कुरा साँचो हो ।
७ . पछिल्लो समय निजी विद्यालयहरु व्यापारमुखी भएका छन् भन्ने सुनिन्छ ? साँच्चै हो ?
हजुर, एकदम सहि हो । व्यापारमुखी नै भएको छ । किनभने लगानी गरीरहेका छन वोर्डिङ स्कुलहरुले, ठूलाठूला भवनहरु वनाइरहेको छ । यसलाई कसरी असुल गर्ने त भन्दा विद्ययार्थीहरुबाट नै हो । विद्ययार्थीहरुलाई कुन नीतिले कसरी तान्न सकिन्छ भन्ने कुरो पुरा व्यापारीकरण नै छ । यसमा नकार्न सकिदैन पुरा व्यापारीकरण नै छ ।
८. तपाईँको विद्यालयमा विद्यार्थीको संख्या पहिलाको तुलनामा बढेको छ या घटेको छ ?
मिश्रित छ मेरोमा । सुन्नमा आइरहेको छ, माथिल्ला कक्षाका विद्यार्थीहरु पोखरीया र आदर्श गएको पनि हामीले पायौँ । भर्ना पनि भइरहेका छन । आउने जाने क्रम चलिरहेको छ ।
९. आफ्नो विद्यालयलाई अरुभन्दा भिन्न प्रकारको बनाउन केही सोच्नु भएको छु ?
मैले के गरी रहेको छु भने, प्रत्येक शुक्रवार हाम्रो हप्ताभरीको जाँच हुन्छ । भन्नको मतलव २० नम्बरको दुई बिषय हुन्छ । त्यो परीक्षा विद्यार्थीहरुले हप्ताभरी पढेका कुरा परीक्षा मार्फत प्रस्तुत गर्न सकुन भनेर हामीले लिने गरेका छौँ । त्यस्तै प्रत्येक १५ दिनमा विभिन्न कार्यक्रमहरु हुन्छ । वाहिर पनि हामीले विद्यार्थीहरु पठाइरहेका हुन्छौँ । त्यस्तै ४ ओटा डर्मिनल परीक्षा हुन्छन् । त्यस्तै कक्षा ६ देखी अनिवार्य पिकनिक त छदैछ । हामी एकदम कम शुल्कमा पिकनिक लागिरहेका छौँ । यस्तै विभिन्न कार्यक्रम गरिरहेको छु ।
१०. अन्त्यमा केही भन्नुहुन्छ ?
मलाई मनमा लागेको कुरो के छ भने हाम्रो पनि प्याप्सनको साथीहरुले अव एउटा स्कुलमा पढ्दै गरेको विद्यार्थी अनावश्यक रुपमा अर्को स्कुलमा तानातान नगरौ । सरकारी स्कुलमा जानेलाई हामीले रोक्न सक्दैनौ । त्यसमा अभिभावकको स्वतन्त्रता हुन्छ । हामीले कन्भिन्स गरेर जवरजस्ति राख्न पनि मिल्दैन । तर, वोर्डिङ वोर्डिङकै तानातान रोकौँ भन्न चाहान्छु । नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य
अहिलेको अवस्थामा एकदमै गाह्रो छ । किनभने सरकारी स्कुलले अंग्रेजी माध्यम सुरु गरेपछि ठूलो कक्षाका विद्यार्थीहरु जाने क्रम बढेको छ । त्यसमाथि निजी वोर्डिङ स्कुलहरुमा पनि धेरै तानातान भइरहेको छ । स्कुलमा भर्ना भइसकेको विद्यार्थीलाई पनि अर्कै निजी विद्यालयले अनेक लोभ देखाएर आफ्नो विद्यालयमा तान्ने प्रवृत्ति वढेको छ । यसले गर्दा हामी एकदमै पिडित छौँ । एउटा कक्षाबाट ७र८ जना विद्यार्थी अन्यन्त्र जाँदाखेरी थोरै विद्यार्थी मात्र रहने भए । बाँकी रहेका विद्यार्थीहरुलाई पढाउनै प¥यो । यसरी हेर्दा एकदमै गाह्रो छ । हाम्रो बिद्यालयमा बिद्यार्थीहरुको औषत भर्ना दर रहेको छ । हामी गर्बका साथ भन्छौ कि यो अरनिको फाउण्डर टिमले लिएको हुनाले गुणस्तरमा कुनै कमि राखेका छैन् । यस बर्ष त निकै बिद्यार्थी भर्ना भएका छन् ।
४. निजी विद्यालयको शिक्षा नीति कस्तो छ ? तपाईले आफनो बिद्यालयमा कुन पद्धति अपनाउनु भएको छ ।
शिक्षा नीति भेदभावकारी छ । एउटै मुलुकमा दुई किसिमको नागरीक उत्पादन भएजस्तो देख्छु म । किनभने वोर्डिङ स्कुल पढेको विद्यार्थीले कुनै छात्रवृत्ति नपाउने भन्ने जुन सुन्नमा आएको छ , त्यहि कारणले पनि अभिभावकहरु अल्मलिनु भएको छ । तर पनि बिद्यार्थीहरु बोर्डिगं स्कुल नै रोज्नु हुन्छ । यहां पढाई राम्रो छ । हामी नयां शिक्षा पद्धतिबाट पढाउछौ यसका अतिरिक्त अन्य खेलकुद लगायत शैक्षिक भ्रमणमा बिद्यार्थीहरुलाई सामेल गरेका छौ ।
५. निजी विद्यालयहरुमा विद्यालय पिच्छे पाठ्यपुस्तक फरक ( फरक हुनुको कारण के होला ?
हामी अलग ( अलग पाठ्यपुस्तक भएता पनि पाठ्यक्रमले पास गरेकै किताबहरु प्रयोग गर्ने गर्छौ । पब्लिकेशनको संख्या अत्याधिक भएर पनि यस्तो अवस्था आएको हो । आज भन्दा १०र१५ वर्ष अगाडी थोरै मात्रामा पब्लिकेशन थिए भने अहिले ५० औँ कम्पनि भइसकेका छन् । जे भएपनि सबै किताब स्तरीय नै छन् । यो भन्दा अझ स्तरीय किताब ल्याउनु पर्छ भन्ने मेरो भनाइ हो ।
६ . निजी विद्यालयहरुको सिकाई “सुँगा रटाइ” हुन्छ भन्ने सुनिन्छ ? साँच्चै हो ?
हजुर हो , त्यस्तो पनि छ । त्यसै कारणले गर्दा अहिलेको सरकारले हरेक विषयमा २ ओटा विषय बाहेक सबैमा प्राक्टिकलको अवधारणा पनि राखेको छ । अभिभावकहरु के चाहानुहुन्छ भने आफ्ना छोराछोरीले आफूले सोधेको प्रश्नको उत्तर दिउन भन्ने चाहान्छन् । परीक्षा पनि रटेकै आधारमा हुने भएकाले यो कुरा साँचो हो ।
७ . पछिल्लो समय निजी विद्यालयहरु व्यापारमुखी भएका छन् भन्ने सुनिन्छ ? साँच्चै हो ?
हजुर, एकदम सहि हो । व्यापारमुखी नै भएको छ । किनभने लगानी गरीरहेका छन वोर्डिङ स्कुलहरुले, ठूलाठूला भवनहरु वनाइरहेको छ । यसलाई कसरी असुल गर्ने त भन्दा विद्ययार्थीहरुबाट नै हो । विद्ययार्थीहरुलाई कुन नीतिले कसरी तान्न सकिन्छ भन्ने कुरो पुरा व्यापारीकरण नै छ । यसमा नकार्न सकिदैन पुरा व्यापारीकरण नै छ ।
८. तपाईँको विद्यालयमा विद्यार्थीको संख्या पहिलाको तुलनामा बढेको छ या घटेको छ ?
मिश्रित छ मेरोमा । सुन्नमा आइरहेको छ, माथिल्ला कक्षाका विद्यार्थीहरु पोखरीया र आदर्श गएको पनि हामीले पायौँ । भर्ना पनि भइरहेका छन । आउने जाने क्रम चलिरहेको छ ।
९. आफ्नो विद्यालयलाई अरुभन्दा भिन्न प्रकारको बनाउन केही सोच्नु भएको छु ?
मैले के गरी रहेको छु भने, प्रत्येक शुक्रवार हाम्रो हप्ताभरीको जाँच हुन्छ । भन्नको मतलव २० नम्बरको दुई बिषय हुन्छ । त्यो परीक्षा विद्यार्थीहरुले हप्ताभरी पढेका कुरा परीक्षा मार्फत प्रस्तुत गर्न सकुन भनेर हामीले लिने गरेका छौँ । त्यस्तै प्रत्येक १५ दिनमा विभिन्न कार्यक्रमहरु हुन्छ । वाहिर पनि हामीले विद्यार्थीहरु पठाइरहेका हुन्छौँ । त्यस्तै ४ ओटा डर्मिनल परीक्षा हुन्छन् । त्यस्तै कक्षा ६ देखी अनिवार्य पिकनिक त छदैछ । हामी एकदम कम शुल्कमा पिकनिक लागिरहेका छौँ । यस्तै विभिन्न कार्यक्रम गरिरहेको छु ।
१०. अन्त्यमा केही भन्नुहुन्छ ?
मलाई मनमा लागेको कुरो के छ भने हाम्रो पनि प्याप्सनको साथीहरुले अव एउटा स्कुलमा पढ्दै गरेको विद्यार्थी अनावश्यक रुपमा अर्को स्कुलमा तानातान नगरौ । सरकारी स्कुलमा जानेलाई हामीले रोक्न सक्दैनौ । त्यसमा अभिभावकको स्वतन्त्रता हुन्छ । हामीले कन्भिन्स गरेर जवरजस्ति राख्न पनि मिल्दैन । तर, वोर्डिङ वोर्डिङकै तानातान रोकौँ भन्न चाहान्छु । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1