Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निजी बिद्यालयको अग्रणी भुमिकामा बुढानिलकण्ठ स्कुल– प्रिन्सिपल मणिराज भट्टराई

2019 May 24 11:54 AM 24

विज्ञापन

Birat Cancer Hospital
निजी बिद्यालयको अग्रणी भुमिकामा बुढानिलकण्ठ स्कुल– प्रिन्सिपल मणिराज भट्टराई
बुढानिलकण्ठ वोडिङ स्कुल साथै सम्पूर्ण निजी विद्यालयमा पछिल्लो समय के कस्ता गतिविधिहरु भइरहेका छन, निजी विद्यालयहरु व्यापारमुखी भएका हुन लगायत निजी विद्यालयसँग सम्बन्धित रहेर विविध प्रसंगमा बुढानिलकण्ठ वोडिङ स्कुलका प्रिन्सिपल मणिराज भट्टराईसँग विराट खवर अनलाइनका लागी मोहन ढकालले गरेको कुराकानी ः १. विराटखवर अनलाइनमा स्वागत छ ?  धन्यवाद ! २. निजी क्षेत्रमा प्रवेश गर्नुभएको कति समय भयो ? र यहि क्षेत्र किन रोज्नुभयो ?  मैले २०५५ सालदेखी निजी क्षेत्रमा पढाउन सुरु गरेको हुँ । त्यतिखेर मलाई यो क्षेत्र खासै मन परेको पनि थिएन सुरुमा । तर, पछाडि के भयो भने, त्यतिखेरको समय अनुसार अलिकति माओवादीको प्रकोप बढी भएको हुनाले लोकसेवा भिडेर बाहिर कतै खटाइदियो भने अलिकति अप्ठ्यारो हुने त्यो समस्या, घरपरिवारबाट पनि त्यहि किसिमको सुझाव आएको हुनाले त्यतिखेर यो पढाउने पेशा सुरु गरियो । यहि पेशा सुरु गर्दागर्दै राम्रो भएको हुनाले अब एकैचोटी ठूलो कलेजहरुबाट पनि पढाउनको लागी बोलावट आएपछि यहि क्षेत्र ठिक रहेछ भन्ने लागेर यहि क्षेत्र तिर लागियो । ३. यस वुढानिलकण्ठ स्कुलमा प्रिन्सिपको रुपमा कहिलेबाट कार्यरत हुनुभयो ?60844469_2219310674789883_3479738234991280128_n  २०७१ साल फागुन ७ गतेबाट यस स्कुलमा प्रिन्सिपलको भुमिका निर्वाह गर्दै आएको छु । ४. यस क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?  निजी क्षेत्र जहिले पनि च्यालेन्ज नै हुन्छ । समय अनुकुल आफुले आफूलाई परिमार्जन गर्न सकेन भने यो लोप पनि हुँदै जान्छ । र, त्यो अनुसार केहि चिजको लोभ नगरीकन समय अनुसार, माग अनुसार अभिभावकको कुरा सुनेर त्यो अनुसारको परिमार्जन गर्दै गयो भने एक किसिमको आत्मा सन्तुष्टि पनि मिल्छ । आफुले गरेको काममा सफल भएको स्वभाविक हो । सन्तुष्ट नै छु । ६. पछिल्लो समय निजी विद्यालयहरुमा फरक फरक पाठ्यपुस्तक हुने गरेका छन ? किन यस्तो भएको हो ?  पाठ्यपुस्तक फरक होइन । पाठ्यक्रम अनुसारकै पुस्तकहरु हुन्छन । राष्ट्रिय शिक्षा वोर्ड छ, जसले पाठ्यक्रम प्रोभाइड गर्छ । त्यो अनुसार नै उनिहरुले पाठ्यपुस्तक बनाउनुपर्ने हुन्छ । अब मान्छे अनुसार फरक लेखाइ त स्वभाविकै हो । फरक पर्न गहिहाल्छ । तर पाठ्यक्रम अनुसार नै हुन्छ जस्तो लाग्छ मलाइ । त्यस्तो यदि छ भने हामिले सुने अनुसार त्यस्तो पब्लिकेशनको पाठ्यपुस्तक हामिले प्रयोग गरेका छैनौँ । अलिकति राम्रै किताबहरु छनोट गरेर शिक्षकलाई देखाएर पनि चेन्ज गर्नुभन्दा अगाडी पनि शिक्षकलाई केहि समस्या छ भने म आफैँ पर्सनल मिटिङमा कुरा राखेर मात्रै चेन्ज गर्ने गरेको छ । ७. निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको छ भन्ने सुन्नमा आउँछ । साच्चैँ निजी विद्ययालयको पढाइ “सुँगा रटाइ” जस्तै भइरहेको हो ?  म के भन्छु भने बुझ्नु पनि एक प्रकारको रटाइ नै हो । “सुँगा रटाइ” जस्तो चाँहि हामीलाई लाग्दैन । म आफु पनि पढाउने भएको हुनाले विद्यार्थीलाई ५÷६ तरिकाले पढाउँछु । त्यो विद्यार्थीको लेवलमा पनि भर पर्छ । ८. निजी विद्ययालयहरु व्यापारमुखी बन्दै गएका हुन् ?  हाम्रो स्कुल चाँहि त्यो स्तरमा छैन । यस स्कुलको शुल्क पनि कम छ । सुन्नमा चाँहि आउने गरेको छ । अभिभावकहरुले पनि कहिलेकाहिँ भनेको सुन्नमा आउने गरेको छ । मैले आफैँले बुझेको चैँ छैन । ९. तपाईँले आफ्नो विद्यालयलाई अरु विद्यालय भन्दा फरक बनाउन के कस्ता कार्यहरु गर्दै हुनुहुन्छ ?  म प्रिन्सिपल हुनुभन्दा अगाडि यहाँ अभिभावकहरुको जुनजुन गुनासाहरु थिए । बुढानिलकण्ठ स्कुल भनेको एउटा यस्तो स्कुल हो, जसमा धेरै वर्ष सम्म पढाउनुभएका अनुभवि शिक्षकहरुले शिक्षा प्रदान गर्नुहुन्छ । मैले समय सापेक्ष अनुसार लगेको हुनाले म पस्दा खेरी लगभग यहाँ ६ सयको हाराहारीमा विद्यार्थी थिए भने अहिले ९ सय माथि छन् । मैले यसलाई सकारात्मक रुपमै हेरेको छु । १०. अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?  जुन किसिमको भ्रम फैलाइएको छ, यो पाइन्छ त्यो पाइन्छ । यथार्थ सायद त्यो नहुन सक्छ अभिभावकहरुलाई । भभिभावकले यथार्थ बुझेर कदम चाल्दा बच्चाहरुको भविष्य पनि उज्वल हुन्छ । निजी विद्यालले सरकारी भन्दा राम्रो नै गर्ने प्रयास गर्छ र हामी पनि त्यहि प्रयासमा छौँ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?