Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै

2019 Jun 27 9:40 AM 24

विज्ञापन

Birat Cancer Hospital
एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै
सुनिल तिमल्सेना, बिराटनगर । आज बिहीबार यस बर्ष २०७५ सालको एस.ई.ई. परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बसी नतिजा प्रकाशन गर्ने भएको स्रोतले बताएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको भनाई अनुसार आज बिहीबार दिउँसो बोर्ड बैठक बस्नेछ त्यस पछि बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । बैधानिक मान्यतालाई ख्याल राखी सबैको राय अनुसार बैठकले पुर्ण अधिकार दिएपछि परिक्षा प्रकासित गरिनेछ । see1 गत वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिए पछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको परिक्षा नियन्त्रक अधिकारीले बताए । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५सय ५८ छात्रा परीक्षार्थी छन् । यीनीहरुको भबिश्य आजको नतिजाले निर्धाण गर्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?