Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

2019 Jul 13 2:23 PM 22

विज्ञापन

Birat Cancer Hospital
सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।
सुनिल तिम्लसेना, चतरा । सप्तकोशीमा पानीको बहाब बढ्े सगै खतराको झण्डा राखिएको छ । आज शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो । यो बर्षको अहिले सम्मकै उच्च बहाब हो । ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ३३ ढोका खोलिएको छ । पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएको छ । यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्दै रोकिएदै गरेको छ । पहाडी जिल्लामा अघिल्लो दिनसम्म परेको पानी कोशी ब्यारेसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेको बहाब अघिल्लो दिन परेको पानीको मात्रा अनुसार निर्धारण हुनेगर्छ । चतरामा रहेको नयां पुलको छेउ छाउ रहेको मोटरबोर्डहरुको बस्ने सतह पानीले पुरिएको छ । यस स्थानमा पानीको बहाब तेज सगं बग्ने गरेको हुनाले ती मोटरबोर्डहरु निकाल्न त्यतिकै समस्या परेको छ । यसैगरी सप्तकोसी नदी चतरामा पनि शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह भन्दा माथि पुगेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?