Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

2019 Jul 24 11:16 AM 24

विज्ञापन

Birat Cancer Hospital
कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी
इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको जग्गा पछि साढे पाँच आना मात्र पुष्टि भएपछि खैलाबैला मच्चिएको छ । प्रेम र नेत्रकलाले एक स्थानिय छत्रकुमारी कट्टेललाई जग्गा विक्रि गर्नका लागि मालपोत कार्यालय आउँदा सो कुरा खुलेका हो । कार्यालयमा आउँदा आफैँ अमिन भन्दै तिखत्रीले नाप्न आउने भनेको र नाप्न गएको पिडित नेत्रकलाले बताएका छन् । कार्यालय सहयोगी देव तिखत्रीले सुरुमा अमिन पढ्नै नपर्ने ब्यवहारिक ज्ञानले नै काम चलाउने गरेको भन्दै ठुला कुरा गरे । पछि हाम्रो क्यामेराको अगाडी भने सामान्य अमिनको काम अमिनले नै गर्ने तर आफुले अमिनको कामले नगरेको वताए । उनले उल्टै तपाइँ आफैँ पनि नाप्न सक्नुहुन्छ नि भनेर हामीलाई सिकाए । अर्को अनौठो कुरा त जग्गावालाले कार्यालयमा आएर निवेदन दिनुपर्ने त्यसपछि मात्र कार्यालयले तेकोको राजश्व जम्मा गरिसकेपछि मात्र नाप्नका लागि अमिन पठाउने भए पनि कार्यालयमा बुझ्नका लागि आएका सेवाग्राहीलाई आफैँ नाप्न आउने वताए । अमिनले जमिनवालाको जग्गा नापेबापतको रकम राजश्वमा जम्मा हुन्छ । उनले चौहान परिवारबाटबाट बिना विल ४ हजार लिएको उनीहरु वताउँछन् । त्यो पैसा कुन राजश्वमा जम्मा भयो । हाल इलाम नगरपालिका ९ गोलाखर्क साविक इलाम नगरपालिका भित्रै पर्दछ । त्यहाँ अमिनले नापेवापत ९ सय १६ रुपया लिन पाइन्छ । तर कार्यालय सहयोगी तिखत्रीले भने ४ हजार रकम लिएका छन् । यता नापी कार्यालय इलामका प्रमुख सुमन बिक्रम पन्तले भने यो सरासर गल्ति भएको बताएका छन् । यसरी कार्यालय सहयोगीले नै अमिनको काम गर्न थालेपछि अमिन विषय खर्च गरि गरि किन पढ्ने ? अनी जान्दै नजानेको मान्छेले यस्तो काम गरेर सेवाग्राहीलाई सास्ती भएको छ । यसको क्षतिपुर्ती कसले दिने ? यो सानो गल्ति हुँदै हैन । यस्तो प्रबृति बढ्दै गयो भने सामान्य मानिसलाई मात्र हैन नेपाल सरकारलाई पनि राजश्व जम्मा पैसा जम्मा नहुँदा सिंगो देशलाई नै घाटा हुन्छ । यस तर्फ कसको ध्यान जाने ? ,

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?