Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चुरे क्षेत्रमा फस्टाएको केरा खेतीले मुल्य पाएन्

2019 Aug 11 7:46 AM 22

विज्ञापन

Birat Cancer Hospital
चुरे क्षेत्रमा फस्टाएको केरा खेतीले मुल्य पाएन्
पुजन घिमिरे, इलाम । झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । तर मुल्य नपाएपछि कुषकहरु निरास बन्ने हुनकी भन्ने चिन्ता बढेको छ । बिगतमा सिँचाई अभावका कारण जमिन बाझैँ राख्दै आएका इलामको रोङ–२ बरफल्याङका स्थानीयले केरा खेतीबाटै आफ्नो गुजारा चलाउदै आएका छन् ।vlcsnap-2019-08-11-07h36m27s868 केही वर्ष अघिसम्म टाडाबाट यो गाँउ हेर्दा रातो माटो भएको रुखो डाँडा मात्रै देखिन्थ्यो । तर, अहिले भने यही रुखो डाँडा केराखेतीले बाह्रै महिना हरीयाली छ । केरा खेती सँगै यहाँका स्थानीयको आम्दानी पनि ह्वत्तै बढेको छ । पानी अभावले एक दशक अघिसम्म इलामको रोङ गाउँपालिका २ मा अधिकाशंका जमिन बाझैँ हुन्थ्यो । पाखो र भिरालो बारीका डिलमा घरायसी प्रयोजनका लागि केरा लगाउने गरिएको थियो । केही वर्षदेखी बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यवसायीक रुपमै गर्न थालेका थाले । हाल बरफ्ल्याङ, दुधे, बँगैचा, धनसार क्षेत्रका बासिन्दाले व्यवसायीक रुपमा केरा खेती गरिरहेका छन् । उनीहरुले स्थानीय जातका लाल, कमिले, भण्डारी, घिउँ केरा र उन्नत जातको सिंगापुरीया केरा लगाएका छन् । उनिहरुले केरासँगै बहुतले खेतीका रुपमा सुपारी समेत रोपेका छन् । यहाँका किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् ।व्यापारीले प्रति घरी एक सय रुपैयाँदेखी ३ सय रुपैयाँ सम्म मुल्य हालेर किसानबाट vlcsnap-2019-08-11-07h36m13s907 केरा खरिद गर्ने गरेका छन् । यहाँ ३ सय भन्दा बढी कृषकले व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम् ३ रोपनी देखी ३ विगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकठ्ठा वार्षिक ५० हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले गाउपालिकाले दिएको तालिमबाट सिप सिकी केराको बिभिन्न परिकार उत्पादन गरी बिक्री समेत गर्न थालेका छन् । सो क्षेत्रलाई केरा खेतीको पकेट क्षेत्र मानेर विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको रोङ गाउँपालिका–२ का वडाअध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । सुख्खा डाँडामा केरा खेती गर्नाले हिउदमा समेत जमिन चिसो राख्न मद्धत पुग्ने भएकाले केराबारीमा लगाइने अन्य बालिलाई समेत सहयोग भएको स्थानीय बताउछन् । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?