हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने तथा विधिवत् रुपमा ऋषितर्पनी र रक्षाबन्धन धुमधामसँग मनाउने चलन छ । उक्त दिनमा नेपाललगायत अरु हिन्दु धर्मावलम्बी भएको देशमा दिदीबहिनीहरुले दाजुभाईहरुको हातमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग व्याध नलाग्ने, सुख शान्ति मिल्ने मान्यता छ ।
रक्षाबन्धन जस्तो पावन अवसरमा पनि व्यापारीहरुले लोभ लालच छोडेका भने छैनन् । यी व्यापारीहरुले मौकाको फाइदा उठाएर राखीको नाममा मनमानी पैसा ग्राहकहरुसंग लिइरहेका छन् । राखी खरिद गर्न आएका ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुको गुनासो सुनेर हाम्रा संवाददाताले व्यापारीहरुको स्टलमा गएर राखीको बिल माग्दा एउटै व्यापारीसंग पनि बिल नभएको देखिएको छ । होलसेलबाट किनेको राखीको बिल माग्दा घडि बिल छैन भन्छन् भने घडि बिल घरमा छ भन्छन् बिराटनगरका व्यापारीहरुले । यसरी नै यहाँका व्यापारीहरुले ग्राहकहरुलाई लुट्ने गरेका छन् । रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु
हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने तथा विधिवत् रुपमा ऋषितर्पनी र रक्षाबन्धन धुमधामसँग मनाउने चलन छ । उक्त दिनमा नेपाललगायत अरु हिन्दु धर्मावलम्बी भएको देशमा दिदीबहिनीहरुले दाजुभाईहरुको हातमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग व्याध नलाग्ने, सुख शान्ति मिल्ने मान्यता छ ।
रक्षाबन्धन जस्तो पावन अवसरमा पनि व्यापारीहरुले लोभ लालच छोडेका भने छैनन् । यी व्यापारीहरुले मौकाको फाइदा उठाएर राखीको नाममा मनमानी पैसा ग्राहकहरुसंग लिइरहेका छन् । राखी खरिद गर्न आएका ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुको गुनासो सुनेर हाम्रा संवाददाताले व्यापारीहरुको स्टलमा गएर राखीको बिल माग्दा एउटै व्यापारीसंग पनि बिल नभएको देखिएको छ । होलसेलबाट किनेको राखीको बिल माग्दा घडि बिल छैन भन्छन् भने घडि बिल घरमा छ भन्छन् बिराटनगरका व्यापारीहरुले । यसरी नै यहाँका व्यापारीहरुले ग्राहकहरुलाई लुट्ने गरेका छन् । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1