Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम

2019 Aug 28 11:52 AM 22

विज्ञापन

Birat Cancer Hospital
दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम
चन्दन कुमार मेहता. बिराटनगर । ट्राफिक बिट कार्यालय पुष्पलाल चोक, बिराटनगरले सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ भने सचेतना कार्यक्रमलाई कार्ययोजना सहित तिब्र बनाएको छ । जिल्ला ट्राफिक कार्यालय मोरगं भित्र धेरै ट्राफिक बिटहरु छन् ती मध्ये बिराटनगर वार्ड नं १ स्थित पुष्पलाल चोक ट्रफिक आवागमनमा ज्यादै भिड हुने स्थान हो ।69513030_511689649586508_912955737544589312_n बिराटनगर बजार क्षेत्र पस्ने मेन बाटोको रुपमा लिएको यो रोडमा दैनिक सयौ टिपरहरु, साना सवारी साधनहरु, पैदाल यात्रीहरु, साईकल र मोटरसाईक यात्रीहरु हिडने गर्दछन् । यो चोकले जिल्लाका बिभिन्न स्थान जोडने नाकाको रुपमा प्रयोग हुने रोडमा केही समय अगाडि धेरै दुर्घटना हुने समेत गर्दथ्यो । जव स्थानीय जनता र स्थानीय क्लबहरुलाई पुष्पलाल चोकमा रहेको ट्राफिक बिट कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश दाहाल सहित प्रहरी जवान मनोज चौधरीकोे सक्रिय बनाए तब मात्र स्थानीयलाई थाहा भयो ट्राफिकहरुको कति जिम्मेबार र उनीहरुको कामको प्रतिफल कस्तो हुदो रहेछ भनेर । अहिले चोक हेर्न लायक भएको छ । फुलहरु फुलेका छन् मानौ सेल्फी खिच्ने रहर लाग्दा फुलहरुले पुष्पलाल चोक बनेको छ । बेलुका एक पटक मनोरम हेर्न मात्र भए पनि यहां स्थानीय जनता र अन्य ब्यक्ति समेत पुष्पलाल चोक निस्कने गरेको स्थानीय समाजसेवी गोबिन्द न्यौपानेले बताए । टा्रफिकहरुको सहकार्यमा स्थानीय जन69090851_494256181408368_6542692719024668672_nताहरु, क्लबहरु, बिद्यार्थीहरुको सहयोगमा जेब्रा क्रसिगं बनेको छ । टिपरहरुलाई हरण बजाउन निषेध गरिएको समेत न्यौपानेले जानकारी दिएका छन् । पुष्पलाल चोक ट्राफिक बिट असई गणेश दाहालको नेतृत्वमा बिभिन्न समयमा बिभिन्न कामहरु भएको छ । विभिन्न किसिमका सवारि साधनहरू चेकजाच गरि तिब्र गतिमा प्रतिस्पर्धा गरि सवारि साधनहरू नचलाऔ, ट्राफिक नियमको पालना गरौ सवारि दुर्घटना हुन बाट आफु बचौ र अरूलाई बचाऔ भनी जानकारी समेत एम्बुलेन्स चालकहरुलाई स्र्पोटमा नै रोकेर गराएको छ । यसै गरी समन्धीत निकायहरुको ध्यानाक्रशन गराउदै दुर्घटना हुनबाट बचाउनको लागि  पुष्पलाल चोक ट्राफिकको सहयोगले बिभिन्न काम भएको छ । गएको श्रावण महिनाको ४ र ५ गते बिराटनगर १९ को मिलनचौकमा वडा कार्यालयको सहभागितामा स्थानीय,पैदलयात्रि,साईकलचालकहरू समेतलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण गरेको छ । 69125645_479375022854256_1452809388367544320_nयसै गरी श्रावण ३२ गते पुस्पलालचौकमा स्थानीय युवा,र ट्राफिक समेतको उपस्थिमा सवारि दुर्घटना न्यूनिकरणको लागि पैदलयात्रिहरूलाई सड्कपार गर्न जेब्राक्रश बनाई चौक प्रदूषण रहित बनाऔ भनी सरसफाईमा सहभागी गराएको छ । श्रावण महिनाको ३० गते सवारिमा नियमबिपरित कालो स्टिकर लगाउने, क्षमता भन्दा बढि समान बोक्ने तिब्रा गतिमा सवारि चलाउने सवारि साधनहरूलाई चेकजाच गरि समझाई बुझाई गरि आवस्क कारवाहि गरेको छ । यसै गरी श्रावण महिनाको २९ गते डन बस्को स्कुलका छात्र, छात्राहरूलाई ट्राफिक नियमको पालना गरौ सवारि दुर्घटना बाट आफु बचौ अरूलाई पनि दुर्घटना बाट बचाऔ भनी प्रशिक्षण सम्पन्न गरेको छ । यसै गरी श्रावण महिनाको २५ गते पैदलयात्रि,मजदुरहरूलाई हामी सचेत छौ हामी सुरक्षित हुन्छौं भनी ट्राफिक नियमको बारेमा प्रशिक्षण पुस्पलालचौक ट्राफिक बिट कार्यालयले गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?