Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा

Sep 17, 2019 10:25 AM
मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा
बिराटनगर । मालबिका सेकेण्डरी स्कुल राजबंशी चोक, बिराटनगरले यस बर्षको चिल्ड््रेन डे पढाई सगसगै अतिरिक्त कृयाकलापमा जोड भन्ने मुल नाराका साथ सम्पन्न गरेको छ । बिद्यालय प्राङगनमा नै बिद्यार्थीहरुद्धारा सञ्चालन गरिएको सो कार्याक्रम अति नै राम्रो भएको बिद्यार्थीहरुले जनाएका छन् । बिद्यालयमा पढाई संगसगै अन्य अतिरिक्त कृयाकलाप समेत हुने गरेको र सोही अनुसार बिद्यार्थी भाईबहिनीहरुबाट नै यो कार्यक्रम सञ्चालन देखि समापन सम्मको सबै कृयाकलापमा उनीहरु नै सक्रिय भएका छन् । ankitaअतिरिक्त कृयाकलापमा भाग लिन थाले पछि बिद्यार्थीहरुको पढाईमा समेत अभिरुचि बढ्ने भएका कारण बिद्यार्थीहरुलाई सक्रिय बनाउन हामीले पढाई सगंसगै अन्य कृयाकलाप थप गरेको बिद्यालयका प्रिन्सिपल रामेश्वर आचार्यले बताउनु भयो । बिद्यालयमा अभिभावकहरुलाई निमन्त्रना गरी आफनै बुवा आमालाई आफनो प्रतिभा देखाउन सकिने गरी बिद्यार्थीहरुलाई बिद्यालयले नै बिषयगत डान्स, कराते, मार्सल आर्ट, प्रतिभा राईटिगं, प्रतिभा चित्रकला, हिसाब दौड, रिले तथा बिभिन्न गेमहरुमा शिक्षकहरु नियुक्ति गरेर प्रशिक्षण समेत दिएको छ । यस बर्षको एस.ई.ई.मा प्रदेश १ मा नै राम्रो रिजल्ट ल्याउन सफल भएको यस बिद्यालयले जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको छ भने पढन् उत्सुक भएका तथा कमजोर बिद्यार्थीहरुलाई नियमित बिहान ६ः३० बजेदेखि ८ः३० बजे सम्म सबै बिषयको कोचिङ कक्षा निःशुल्क सञ्चालन समेत गरेको छ । यसले गर्दा बिद्यार्थीहरुको ध्यान पढाई तिर केन्द्रित गरेको छ ।
Dhoni Sabuun