Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समाजसेवी गोयलद्धारा निःशुल्क सामान बितरण

2019 Dec 6 10:54 AM 23

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी गोयलद्धारा निःशुल्क सामान बितरण
पबित्रा ढकाल, बिराटनगर । समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलले झापा जिल्लाको नेत्रहिन संघका पदाधिकारीहरु मार्फत जीवन उपयोगी सामानहरु निःशुल्क बितरण गरेका छन् । उद्योगपति गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका हुन ।45 भद्रपुरको गिरि चोकमा आयोजित एक भब्य कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् । कार्यक्रममा समाजसेवी गोयलले आफ्नो कर्मभूमि १ नम्बर प्रदेशको राजधानी विराटनगर भए पनि जन्मभूमि भद्रपुरप्रति उत्तिकै स्नेह रहेको उल्लेख गर्दै आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका स्मृतिमा झापामा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिए । स्वर्गीय गोयल झापा उद्योगवाणिज्य सङ्घका पुर्ब सभापति थिए । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गोयलका जस्तै सहयोगी हातहरू सबैका हुने हो भने समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण आउन कुनै समय नलाग्ने बताए । यस्ता कामका लागि नगरपालिकाले सधै हातेमाले गर्ने समेत मेयर श्रेष्ठले बताएका छन् । झापा स्थित नेपाल नेत्रहीन सङ्घका उपाध्यक्ष द्रोण निरौलाका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?