Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै

2020 Feb 9 12:35 PM 31

विज्ञापन

Birat Cancer Hospital
युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै
मोहन ढकाल, विराटनगर, २६ माघ । विराटनगर १० का सारदा नन्द दास ८१ वर्ष पुग्नुभयो । तर उहाँमा अझै पुस्तक मोह देखिन्छ । प्राय दैनिक जसो उहाँ पुस्तकालयमा आएर पुस्तक, पत्रपत्रिका पढ्ने गर्नुभएको छ । अहिले प्रविधिले मारेको फड्को सँगै पुस्तकालयलाई पनि परिमार्जित गर्दै लानुपर्ने उहाँको भनाई छ । जसले गर्दा अहिलेको युवा पुस्ताले पनि पुस्तकालयमा गएर पुस्तक पढ्ने वातावरण बन्न सक्छ । पछिल्लो समय पुस्तकालय ओझेलमा पर्न थालेका छन् । पुस्तक पढ्ने, लेख रचना पढ्ने युवाको संख्यामा दिनानुदिन कमि हुदै गएपछि पुस्तकालयको अस्तित्व नै खतरामा पर्ने अवस्था आएको छ । विराटनगरमा रहेका हरेक पुस्तकालयमा दैनिक पुस्तक पढ्न, लेख रचना पढ्न आउने व्यक्ति पनि आजभोलि आउन छाडेका छन् ।img_20200206_151657 विराटनगरमा मात्रै दर्जन भन्दा वढि सामुदायिक पुस्तकालय छन् । सबै पुस्तकालयको अवस्था नाजुक हुदैँ गईरहेको छ । युवा पुस्ताले पुस्तक पढ्न भन्दा सामाजिक सञ्जालमा बढि समय बिताउने गरेका छन । त्यसैले अहिलेको युवा पुस्तामा पठन संस्कृति हराउँदै गइरहेको विद्यार्थी विनोद दाहालले बताउनुभयो । पुरानो पुस्तामा पुस्तकहरु किनेर पढ्ने संस्कृति थियो । तर यो हराउदै गइरहेको छ । अहिलेको युवा पुस्ता कितावी ज्ञान भन्दा प्रविधिमा बढि रमाउने गरेको कारण पुस्तक पढ्ने संस्कृति वसाउन युवाहरुमा जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ । त्यस्तै पुस्तकहरु पनि समय सापेक्ष, ज्ञानबर्दक हुनुपर्ने दाहालले बताउनुभयो । पुस्तकालयमा मनोसामाजिक, सामाजिक, बालपत्रिका, युवा लक्षित पत्रिकाहरु समावेश गरेर युवाको पहुँचमा पु¥याउनुपर्ने उहाँको सुझाव छ । प्रविधिको विकास सँगसँगै पुस्तकालयमा ई–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने जस्ले गर्दा युवाहरु पुस्तकालयप्रति आकर्षित हुने दाहालको भनाई छ । तर यसलाई युवा पुस्ताले सहि सदुपयोग गर्नुपर्ने उँहाको सुझाव छ । यसो नगरेमा पुस्तकालय झन धरासयि वन्दै जाने उहाँको भनाई छ । २०२६ फागुन ७ गते स्थापना भएको विराटनगर वरगाछिमा रहेको गुराँस पुस्तकालय दैनिक विहान साढे सात देखि साढे नौँ वजे सम्म र वेलुका ४ वजे देखि ६ वजे सम्म खुल्ला हुने गर्छ । पुस्तकालय दिनहुँ खुला त हुन्छ तर खालि हुने गरेको छ । उक्त पुस्तकालयमामा पहिला दिनँहु १०० जना सम्म पुस्तक पढ्न आउने गर्थे । तर आजभोली १५÷२० जना पनि आउन छाडेका छन । गुरासँ पुस्तकालयले घरमा लगेर पनि पुस्तक पढ्ने व्यवस्था गरेको छ । तर खासै घर लगेर पुस्तक पढ्नेको संख्या देखिदैन । युवा पुस्तामा पुस्तक पढ्नुपर्छ भन्ने भावना हराउदै जानु र केहि वर्ष अघिसम्म पुस्तकालयमा आएर पुस्तक पढ्ने अग्रजहरुले पनि आजभोली पुस्तकालयमा पुस्तक पढ्न छाडेर चिया पसलमा लामो समय गफ गरेर समय विताउने गरेको गुरास पुस्तकालयका कोषाध्यक्ष रोहितकुमार रायले बताउनुभयो । screenshot-91जसले गर्दा युवा पुस्तालाई पनि पुस्तकालयको महत्व बुझाउन सकिएको छैन । युवा पुस्तालाई पुस्तकालयमा आएर पुस्तक पढ्न प्रेरित गर्न विराटनगर भित्र रहेका सबै पुस्तकालय विच समन्वय गरेर सचेतना कार्यक्रम गर्ने र युवा पुस्तालाई पुस्तकालयभित्र पढ्ने वाततावरण बनाइदिनुपर्ने, युवा वर्गलाई प्रेरणा दिनुपर्ने, सुचना प्रकाशन गर्नुपर्ने जस्ता कुराले गर्दा युवाहरुले पुस्तक पढ्ने वातावरण बन्ने रायको भनाई छ । पुस्तकालयलाई प्रविधियुक्त बनाउन स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । त्यस्तै वि.स. २०१६ सालमा स्थापना भएको विराटनगरको देवकोटा चोकमा रहेको देवकोटा पुस्तकालयमा पनि दैनिक पुस्तक पढ्न आउने व्यक्तिमा कमि आएको छ । देवाकोटा पुस्तकालयमा केहि वर्ष अगाडि दिनँहु ५०÷६० जना पुस्तक पढ्न आउने गर्थे भने अहिले १०÷१५ जनाको हाराहारीमा पनि आउन मुस्किल पर्छ । प्रविधिको माध्यम व्यापक भएकाले अहिलेको युवा पुस्ता पुस्तकालयमा आएर पुस्तक पढ्न छाडेको देवकोटा पुस्तकालयका कर्मचारिका बलराम खड्काले बताउनुभयो । प्रविधिको विकाससँगै आफ्नो अनुकुल समयमा आफुलाई हेर्न, पढ्न मन लागेको कुरा खोज्न सक्ने अवस्था छ । त्यसैले पनि पछिल्लो समय युवाहरूमा पुस्तकालयमा गएर पुस्तक पढ्ने बानी हराएको छ । प्रविधिको विकास सँगै युवा पुस्ता मात्र हैन अघिल्लो पुस्ता पनि पुस्तकालयमा जान छाडेका छन् । यसले पठन संस्कृती हराउँदै जाने अवस्य देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न