Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सोमबार देखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने

2020 Mar 23 11:01 AM 21

विज्ञापन

Birat Cancer Hospital
सोमबार देखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने
बिराटनगर । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । गत शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए । लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्र धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्ने हुनाले लामो दुरीका सवारीसाधनमा रोक लगाइएको हो । निजी सवारी साधन भने रोक लगाइएको छैन । तर लामो दूरी भनेको कति हो भन्ने आमनागरिकमा जिज्ञासा छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले आगामी २१ गते चेत्र सम्मका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो । उनले कानुनतमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताएका छन् । ‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो । एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ तसर्थ सर्बसाधारण सार्बजनिक यातयातमा रोक लगाएको हो । हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाएको छ तर काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा सार्वजनिक यातायातमा चल्न पाउनेछन् । निजी सवारी साधन तथा र मोटरसाइकल र स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?