Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरीको सप्तकोशी नगरमा राहत वितरणको लफडा, वडा ५ र ८ विवादको घेरामा (भिडियो सहित)

2020 Apr 12 5:14 PM 21

विज्ञापन

Birat Cancer Hospital

३० चैत्र, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय असन्तुष्ट बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय अनसन्तुष्ट बनेका हुन। सप्तकोशी नगरपालिकाले लकडाउनले प्रभावित १० हजार व्यक्तिलाई राहत वितरणको लागि चामल, दाल, नुन र तेलको व्यवस्था गरेको थियो।rahat-bitaranma-aniyamitata स्थानिय सुनिता मुखिया, बौवालाल मुखिया, गौरी चौधरी, भटन खंग, देवीलाल मण्डल, इनरदेव खंग, राजीन खंग आदिले राहत कम पाएको गुनासो गरेका थिए। यस्तै दिनेश चौधरी, विजय चौधरी दुर्गा मुखिया, चनरा देवी खंग, शोभा मुखिया, आशाराम चौधरी, निर्मला चौधरी, लालो चौधरी, पानो चौधरी आदिले राहत नपाएको गुनासो गरेका थिए।

राहत प्याकेजमा एक हप्तको लागि प्रतिब्यक्ति साढे तिन किलो चामल, आधा किलो दाल, १ पोका नुन, आधा लिटर तेलको व्यवस्था थियो। राहत वितरण नगरको मापदण्ड विपरित भएको उनीहरुको गुनासो छ। विवाद चरम उत्कर्षमा पुगेपछि नगर प्र्रमुख उत्तम कुमार शर्मा, वडाध्यक्ष केदार प्रसाद शाह, स्थानिय अगुवा, विपक्षी दलका प्रतिनिधी, स्थानिय, आदिको सहभागितामा बैठक बसेको थियो। ओद्राहा स्थित श्री नन्द उच्च माध्यमिक पब्लिक विद्यालयको प्राङ्गणमा विवाद समाधानका लागि तिन दर्जन भन्दा अधिकको सहभागितामा बैठक बसेको थियो। बैठकमा बोल्दै नगर प्रमुख शर्माले देशमा जारी लकडाउनले देश संकटमा परेको बेला हुनेखानेले राहत हात पारेर गरिब मजदुर भोकै बस्नुपरेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

यस्तो संकटको घडिमा अनियमितता गर्नु अपराध हुने भन्दै उहाँले पक्षपात गर्नेलाई छुट नहुने चेतावनी दिनुभयो। विवाद पश्चात वडाध्यक्ष केदार प्रसाद शाहले छुटेकाहरुलाई पुनः वितरण गरिने र कम पाएकाहरुलाई थप गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै वडा नं ५ मा राहत बितरणको बिरोध गर्दै ¥याली प्रदर्शन गरिएको थियो। बिरोधको खबर सर्बत्र फैलिएपछि नगर प्रमुख शर्माले सामाजिक सञ्जालमा आफ्नो अभिब्यक्ति दिनुभएको थियो। लकडाउनको उल्लंघन गर्दै ¥याली गर्न स्थानिय दिप नारायण लेखीले उक्साएको उहाको आरोप छ। विस्तृत भिडियो हेर्न तलको भिडियो लिंक क्लिक गर्नुहोस। https://www.youtube.com/watch?v=xkbNlbxVVo0&feature=youtu.be

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?