Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरको भुल्केमा मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण

2020 Apr 23 12:59 PM 7

विज्ञापन

Biratkhavar
११ बैशाख, विपी कोइराला। त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ । downloadभुल्केको नुरी मस्जिद आसपास मास्क वितरण गरेको  व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए । तयार पारेका मध्ये ४ सय मास्क बासिन्दालाई आफै वितरण व्गरेका थिए ।  जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिएको छ । 93683498-1320450751487187-5062247470965194752-n

जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा वैशाख ५ गते ११ भारतीयसहित १३ जनामा एकैचोटी संक्रमण देखिएसँगै चौदण्डीगढी नगरपालिकाले शिवाईबासीको पनि स्वास्थ्य परीक्षण गर्न माग गरेको थियो । नगरप्रमुख खगेन्द्र राईले सदरमुकाममा संक्रमित भेटिएपछि त्यसअघि बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले तत्काल परीक्षण गर्न माग गरे पनि आवश्यक स्वास्थ्य सामग्री अभाव भएको भन्दै परीक्षण हुन सकेको थिएन । भुल्केमा ५ गते पहिलोपटक संक्रमण देखिएकोमा थप ५ दिन बुधबारसम्म संक्रमित संख्या बढ्दै गएर २८ जना पुगेको छ । यसले समग्र जिल्लाबासीसँगै शिवाईमा पनि त्रास बढेको छ । शिवाईबासीको त्रसित मनोविज्ञान कम गर्न तथा भाईरस सरे नसरेको यकिन गर्न परीक्षण गर्न लागिएको हो। शिवाईमा बसोबास गर्ने ५३ घरधुरी मुस्लिम समुदायका ३ सय ७६ जना र उनीहरुसँग भेटघाट गर्ने ‘ट्रेसिङ’का आधारमा अरु समुदायको पनि स्वास्थ्य परीक्षण हुदैछ । शिवाईमा स्वाब संकलन गर्न काठमाडौं र विराटनगर दुवै ठाँउबाट स्वास्थ्य टोली मगाइएको छ ।images भुल्केमा सुरुमा मस्जिद बस्ने १२ भारतीयसहित १६, त्यसपछि मस्जिद आउजाउ गर्ने ६९ को स्वाब परीक्षण भईसकेको छ । जसमध्ये मस्जिद बस्ने सबै र ६९ मध्ये ८ जनामा संक्रमण पुष्टि भएको छ ।  ७ गते संकलित स्वाबमध्ये ४ जनामा संक्रमण पुष्टि भएको छ ।  ८ गते पठाइएको स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । उदयपुरमा हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२ भारतीय, उनीहरसँगै आएका मोरङका ४ र उदयपुर भुल्केका १२ जना रहेको बताइएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु