Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपालका विद्यालयहरुमा फेरि संस्कृत भाषा पठनपाठन शुरु हुने, अध्यापन यसै शैक्षिक सत्रदेखि

2020 May 6 4:32 PM 42

विज्ञापन

Birat Cancer Hospital
नेपालका विद्यालयहरुमा फेरि संस्कृत भाषा पठनपाठन शुरु हुने, अध्यापन यसै शैक्षिक सत्रदेखि

विपी कोइराला, २४ बैशाख । नेपालका विद्यालयहरुमा फेरि संस्कृत भाषा पठनपाठन शुरु हुने भएको छ। तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले संस्कृतको पुस्तक जलाउँदै नपढाउन बिद्रोह गरेपछि पठनपाठन बन्द भएको थियो। विसं २०५८ अघि कक्षा ४ देखि ८ सम्म ५० पुर्णाङ्कको सरल संस्कृत विषयको पठनपाठन हुने गरेको थियो। अब भने कक्षा १ देखि ८ सम्म १०० पुर्णाङ्कको हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्यापन गर्ने गरी काम भएको बताइएको छ।

संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो। पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपूस्तक चालु शैक्षिक वर्षदेखि नै लागु गर्ने गरी तयार पारिएको हो । केन्द्रले केन्द्रीय तहबाट नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरो गरि चार विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्ने गरेको छ  ।

स्थानीय तहले मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गर्न सक्ने व्यवस्था छ। मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार नपार्ने स्थानीय तहले कक्षा १ गतेदेखि ८ सम्म संस्कृत भाषा पठनपाठन गराउन सक्ने व्यवस्था रहेको बताइएको छ। वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ। सन् २०३४ मा संस्कृत भाषामा प्रयोग गरिने कम्प्युटर बजारमा आइसक्ने छ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको विज्ञहरुको भनाइ छ। प्रविधिका माध्यमबाट अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ । अब संस्कृत भाषा नजान्नेले प्रविधिको दुनियामा काम गर्न नसक्ने दिन आउने भएकाले भाषा सिक्न अनिवार्य रहेको विज्ञहरुको ठहर छ।  यसैको  परिणाम स्वरुप हाल बेलायत, जर्मन र अमेरिकाका विभिन्न विद्यालयमा संस्कृत भाषाको पठनपाठन धमाधम भइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला