Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कृष्ण प्रणामी संस्थाले दैनिक ३ सय कुरुवा तथा बटुवाहरुलाई खाना खुवाउदै

2020 Jun 15 3:48 PM 23

विज्ञापन

Birat Cancer Hospital
कृष्ण प्रणामी संस्थाले दैनिक ३ सय कुरुवा तथा बटुवाहरुलाई खाना खुवाउदै

रितेश कुमार राजबंशी, बिराटनगर । लामो समय देखि अस्पतालमा बिरामी कुरुवाका रुपमा बसेका र घर जान नपाएकालाई सामाजिक संस्था कृष्ण प्रणामी समाज मोरगंले खाना खुवाउने गरेको छ । बिराटनगर बजार क्षेत्रमा धेरै अस्पतालहरु छन् तर पनि नजिकै कुनै होटल खुल्ला समेत छैनन् । अस्पता0001लको वरिपरि कुनै पनि होटल क्यान्टिन समेत बन्द भएको अबस्थामा बिराटनगर भित्र रहेको दुई दर्जन भन्दा बढी अस्पतालहरुमा रहेको बिरामी कुरुवाहरुलाई नियमित रुपमा खाना खुवाउने गरेको समाज बिराटनगर च्याप्टरका अध्यक्ष तथा प्रदेश सदस्य गोकुल कोइरालाले बताए । कोइरालाले थपे–हामीले समाजिक क्षेत्रमा अहिले लकडाउनको समयमा गर्नु पर्ने स्वास्थ्य र ज्यान जोगाउने उपायबारे छलफल गरियौ तसर्थ भोक भाकै सबैले रहन नपरोस भनेर दैनिक ३ सय भन्दा बढीलाई खाना बिहान बेलुका नै खुवाउने अभियानमा हामी लागियौ । पानी, खाना र दैनिक समस्या परेका सबैलाई सहयोग तर्फ हामी संस्थागतरुपमा लागि परेका हौ । समाजसेवी राजु कटटेलले दैनिक सहयोग गर्नु भएको छ । उहांको उत्पे्ररणाले गर्दा हामी अघि बढ्यौ अहिले लगातार लकडाउन भरि दैनिक बिहान बेलुका खुवाउनको लागि स्रोत जुटाईदिने काम राजु कटटेलले गरिदिएको अध्यक्ष कोइरालाले पुन सुनाए । दैनिक ३०० भन्दा बढीलाई खाना खुवाउदै आएको यो समाजले बटुवा, सुरुक्षाकर्मी लगायत एम्बुलेन्सका चालकहरुलाई समेत राहत बितरण गरेको छ । लकडाउन शुरु screenshot-138भएको दोस्रो दिन देखि नियमित रुपमा बिरामी तथा कुरुवाहरुलाई खाना प्रत्येक दिन बेलुका ६ बजे देखि ८ बजे सम्म अस्पतालकै परिसरमा लगेर खुवाउने गरेको रेग्मीले बताएका छन् । लामो समय देखि लकडाउन हुदां उहाँहरु संग पैसा सकिएको हुन्छ तसर्थ बेखर्चिहरुलाई राहत स्वरुप हाम्रो समाजले कोशी अस्पताल, बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगायत अन्य अस्पतालमा यो कार्यक्रम नियमति गरेको बिकल कोइरालाले बताए । बिराटनगरका बिभिन्न स्थान तिनपैनी, कन्चनबारी, अस्पताल चोक, पुष्पलाल चोक लगायका बिभिन्न स्थानमा अप्ठयारोमा परेका र बटुवालाई समेत दैनिक पानी र प्याकेटमा नास्ता दिउसो खुवाउने गरेको छ । राहत पाए पनि घरमै भए जस्तो र 0003भोकबाट बाँचेको बिराट मेडिकल कलेजमा बिरामी कुरुवाका रुपमा बसेका बराहक्षेत्र नगरपालिका वार्ड न. २ का सपना श्रेष्ठले बताईन् । यसै गरी नोबेल मेडिकल कलेज परिसरबाट राहत पाए पछि इटहरी नगरपालिका वार्डन ५ कि सुमन नेपालीले भोकै भएको बेला पानी र खाना खान पाउनु खुशीको कुरा हो तर सधै यसरी त चल्दैन यसको लागि लकडाउनलाई सरकारले खुकुलो बनाई काम गर्ने वाताबरण दिनु पर्ने तर्क गरे । (दृश्य सम्पादन तथा संकलन सञ्चारकर्मी रितेश कुमार राजबंशी)

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?