Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

2020 Jun 22 6:36 PM 23

विज्ञापन

Birat Cancer Hospital
हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो
हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले बताउनु भयो । कृषि पकेट क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी ग्रामिण क्षेत्रका बासीहरु ग्रसित देखिएको अध्यक्ष अन्सारीले बताउनु भयो । बिभिन्न बैक, संघसंस्थाहरुले उपलब्ध गराएको अत्यावश्यक सामाग्रीहरु समेत वानडोर प्रणाली अबलम्बन गरी बिपन्नबर्गका परिबार, दैनिक श्रमगरी खाने परिबार र ज्यालादारी बर्गलाई लक्षित गरी समान सुबिधा पाउने उद्धेश्यका साथ बितरण गरिएको प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर कार्कीले बताउनु भयो । पालिकाका भित्र रहेका स्वास्थ्य चौकीहरुबाट स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ भने बिभिन्न वडाहरुमा ग्राभेल बाटो समेत तयार गरिएको छ । साना बाटाहरु निर्माणमा उपभोक्ता समिती गठन गरी काम थालिएको छ भने ठुला योजनाहरु टेन्डर प्रकियामा गएको छ । कृषकहरुलाई अनुदान दिएको छ भने पर्यटक क्षेत्रहरुको गुरु योजना बनाउन पालिका लागि परेको प्रशासकिय अधिकृत कार्कीले बताउनु भयो । महिलाहरुको शिप र क्षमता बढाउन केही कार्यक्रम त गरियो तर अगामी बर्षहरुमा यसलाई अझ प्रभावकारी बनाउन सकिने अधिकृत कार्कीले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?