Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गुरु पूर्णिमा: गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन

2020 Jul 4 10:19 PM 26

विज्ञापन

Birat Cancer Hospital
गुरु पूर्णिमा: गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः " आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका sujan-timilsing-lowरुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । व्यास ऋषि चारै बेदहरुको व्याख्याता हुन् । उनले वेदको ज्ञान प्रदान गरेका थिए । यिनै बेदका रचियता एव व्याख्याताको आदिगुरु ब्यास ऋषिको अंश स्वरूप आफ्ना गुरुहरुलाई मान्दै गुरु पुर्णिमाका दिन पुजा एव दान –दक्षिणा प्रदान गर्ने गरिन्छ । हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिईएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरु पुर्णिमाको महत्व बिशेष रहेको हो । जीवनमा गुरुको महत्व धेरै रहन्छ ।

‘गु’ को अर्थ हुन्छ अंधकार (अज्ञान) एवं ‘रु’ को अर्थ हुन्छ प्रकाश (ज्ञान)। गुरुले अज्ञान रूपी अंधकारबाट ज्ञानguru-purnima-greetings-201607-1468911023 रूपी प्रकाश को तर्फ लिएर जाने हुदाँँ भावी जीवनको निर्माणमा गुरू द्वारा नै मार्गदर्शन हुने भएकोले गुरुको महत्त्व हाम्रो जीवनामा अपरिहार्य रहेको हुन्छ । गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान गर्ने गरिन्छ । यस अवसरमा बिध्यालयहरु र आश्रमहरुमा र पश्चात्य मुलुकको प्रभावलेे हिजोआज गुरूपूर्णिमा लाई (Teacher day) का रूपमा मनाउने र गुरूका लागि पूजा-पाठ गर्न विशेष कार्यक्रमको आयोजन गर्ने गरिन्छ ।

यस दिनमा विभिन्न क्षेत्रमा आफुलाई शिक्षा दिने तथा महत्वपूर्ण योगदान दिने वाला गुरु एव विभूतिहरुलाई सम्मानित गर्ने गरिन्छ । यस दिन गुरुको नामबाट दान-पुण्य गर्ने प्रचलन पनि छ । मनु स्मृतिका अनुसार, केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन । जीवनमा जसले सहि मार्गदर्शन गर्दछन् उ जो कोहि भए पनि उसलाई गुरु समान सम्झनु पर्दछ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले " गुरु ब्रह्मा गुरु विष्णु गुरूदेवो महेश्वर:।। गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम:" जो ब्रह्मा,विष्णु र महेश्वर भन्दा पनि माथिका परबह्म परमेश्वर हुनुहुन्छ यस्ता गुरूलाई कोटि-कोटि प्रणाम। यस्ता माहन गुरूलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।whatsapp-messages-for-guru-purnima-201607-1468911024

गुरु पूर्णिमाका अवसरमा शिष्य हरूले आफुलाई गायत्री मन्त्र दिने सर्वप्रथम अक्षरारम्भ गराउने शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् आफुमा भएको नम्रता गुरूप्रतिको झुकाव र स-दक्षिण सहित गुरूबाट आशिर्वाद लिने प्रचलन पनि पाहिन्छ। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?