Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रासायनिक मलको कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा, सप्तकोशीमा ७ सयको मल २००० रुपैयासम्म

2020 Sep 1 3:47 PM 23

विज्ञापन

Birat Cancer Hospital
रासायनिक मलको कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा, सप्तकोशीमा ७ सयको मल २००० रुपैयासम्म

वि.पी. कोइराला, १६ भाद्र। सप्तरीको सप्तकोशी नगरपालिकामा लकडाउनका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ। सप्तकोशी नगरपालिकामा सरकारी अनुदानको मल ,किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरेको पाइएको हो। स्थानिय व्यापारी फुचुुङ शाह र राधा कृष्ण रौनियार गुप्ताले महंगो मूल्यमा आज मंगलबार रासायनिक मल धमाधम बेचिरहेको अवस्थामा स्थानिय कृषकहरुले पक्राउ गरी उनीहरुलाई प्रहरी समक्ष बुझाएका छन्।2

व्यापारी फुचुुङ शाह संलग्न रहेको फत्तेपुरको आरती कृषि सहकारी संस्थाले अनुदानमा ल्याएको रासायनिक मल प्रतिबोरा व्यापारीलाई २ हजारका दरले विल भर्पाइ नगरि बेचेको भन्दै स्थानियले प्रहरी समक्ष उजुरी दिएका थिए।स्थानिय अगुवा आनन्द विष्ट भन्छन “लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल , बढी मुनाफाको लोभमा व्यापारीले किसानको ढाड सेक्ने काम गरेका छन्। यहाँ पार्टीगत संरक्षण र नातावाद भन्दा टाढा रहेर व्यापारी फुचुुङ शाह र राधा कृष्ण गुप्तालाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ।”

प्रहरी प्रशासन तथा स्थानिय निकायको रोहबरमा यतिबेला दुवै व्यापारीको पसल सिल गरिएको छ।

untitled-1  स्थानिय मिना कार्कीले व्यापारी फुचुुङ शाहबाट युरिया मल प्रति बोरा १६५० रुपैयामा खरिद गरेको बताइन्। यस्तै स्थानिय कृषक लिला बहादुर खत्रीले भने, “स्थानिय त्रियुगा सहकारीमा प्रति व्यक्ति १० किलोका दरले बितरण भइरहेको भनिएपनि म जाँदा नपाएपछि, व्यापारी फुचुङ शाहकोमा गएँ। ५० बोरा मल झरेको भन्ने सुनेर गएको, ७ केजी मल माग्दा एउटा दानो पनि छैन भनेर मलाई फर्काउन खोजे, हामी केही व्यक्ति गएर उसको गोदाममा हेर्दा १४ बोरा मल भेटियो। यस्ता कालाबजारी गर्नेलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ।”

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारी संस्थालाई युरिया मल प्रति बोरा ७ सय १० र डीएपी २ हजार १ सय १० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। कृषि सहकारी संस्थाले भने ढुवानी भाडा थपेर किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयामा बिक्री गर्नु पर्ने प्रावधान छ। तर लकडाउनको मौका छोपेर कृषि सहकारी संस्थाले भने बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएको हो।3

सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरूले मनपरीरुपमा २००० रुपैया बोरा सम्म किसानलाई बिक्री गर्ने गरेको किसानहरूको गुनासो छ । कालोबजारीका कारण मल अभाव भएपछि सप्तकोशी स्थित अन्य वडाहरुका किसानहरु समेत सहकारीको बिरोधमा उत्रिएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?