Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल फाइनान्सको ऐतिहासिक साधारण सभा सम्पन्न

2020 Sep 28 6:56 PM 30

विज्ञापन

Birat Cancer Hospital
नेपाल फाइनान्सको ऐतिहासिक साधारण सभा सम्पन्न
काठमाडौं, १२ असोज । नेपाल फाइनान्सले एकसाथ ८ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । असोज १० गते शनिबार सम्पन्न उक्त ऐतिहासिक साधारण सभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि १७५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । संस्थाको केन्द्रीय कार्यालय कमलादीमा शेयरधनीहरुको भौतिक तथा अभौतिक ९भर्चुअल० उपस्थितिको माध्यमबाट २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । सञ्चालकहरु प्राध्यापक हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजिना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र सञ्चालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सो साधारण सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम नेपाल फाइनान्सले सो निर्णय गरेको हो । संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५९४ पुर्याउन १ः१।७५ ९एक बराबर एक दशमलब सात पाँच० को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव उक्त साधारणसभाबाट पारित गराएको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१।२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ। जसअन्तर्गत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको कम्पनीले जनाएको छ । हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केही अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलीकरण गर्ने, संचालन जोखिमलाई न्यूनीकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अब आउने दिनहरुमा संस्थालाई आधुनिकीकरण गर्दै लैजाने रणनिति समेत लिइएको नेपाल फाइनान्सका एक सञ्चालक दिप्रश शाक्यले जानकारी दिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न