Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

कोरोना संक्रमित ५ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रोशन खडका (एम.डि.मेडिसिन)

2020 Nov 25 12:05 PM 117

विज्ञापन

Birat Cancer Hospital
कोरोना संक्रमित ५ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रोशन खडका (एम.डि.मेडिसिन)

मोरङ्गको बिराटनगरमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (संगको कोराना अन्र्तरसंबादको केही अंश प्रस्तुत गरिएको छ । कोशि अञ्चल अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा रोशन खडकाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद । प्रश्न न. १– कोरोना कोबिड–१९ महामारी भैइरहेको अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा के कस्तो चूनौती देखिरहनु भएको छ ?  अहिलेको परिवेशको कुरो गर्ने हो भने कोरोनाको प्रकोपको कारणले गर्दा स्वास्थ्य क्षेत्रमा दिन दिनै चुनौेति थपिदै गईरहेको छ । कोरोना भनेको एउटा भाइरस हो कुनै भाइरसको समान्य लक्षण कमन देखिन्छ । रुँगा खोखि लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने, जस्ता समस्याहरु यस रोगको आधारभुत लक्षण हुन । यसले गर्दा मान्छेको जीवनधरासायी बनाएको छ ।

अर्को कुरो के हो भने यस क्षेत्रमा मानविय स्रोत साधनहरुको उचीत व्यावस्थनपन गर्न नसक्नु पनि एउटा चुर्नाैती रहेको देखिन्छ र भएको मानविय स्रोत साधनहरुमा उत्प्रेरणाको कमि भएको लाग्छ र स्वास्थ्य क्षेत्रमा पुर्वाधारको कमि हुनु पनि एउटा समस्या रहेको छ । कार्यरत चिकित्सकहरको स्तर बृद्दि को वातावरण मिलाउन नसक्नु पनि एउटा चुनौती रहेको छ । दिन प्रति दिन स्वास्थ्य क्षेत्रमा भित्रिएको प्रविधिहरुको वारेमा पुर्ण रुपमा जानकारी गराउनु पनि एउटा चुनौती रहेको छ । नेपालमा अहिले हेर्ने हो भने एक लाख प्रहरी र एक लाख सेना रहेको छ तर पुरै देशका जनताका स्वास्थ्य सेबाका सुरक्षाका लागि मात्र पन्द« हजार चिकित्सकहरु रहेको छ र त्यसमा पनि मात्र तिन हजार चिकित्सकहरु सरकारी अस्पतालमा कार्यरत छन् अन्य निजी अस्पतालमा कार्यरत छन् यसमा सरकारले ध्यान दिनु धेरै नै जरुरी रहेको देखिन्छ । प्रश्न न. २– स्वास्थ्य सेवा हो या ब्यापार तपाईको बिचारमा के लाग्छ ?  हेर्नुस सबभन्दा पहिला स्वास्थ्य त एउटा सेवा हो तर सेवा संग संगै यो एउटा व्यापार पनि हो । नेपाल सरकारले नै निजी अस्पताल खोल्न ईजाजत दिएको छ र निजी अस्पताल त आफनो लगानि गरेर समाज सेव गर्न मात्र बसेका त हुदैन् नि । उनीहरु मूनाफा आर्जन गर्न बसेका हून्छन । यसरी भन्दा स्वास्थ्य एउटा ब्यापार पनि हो । मेरो बिचारमा के लाग्छ भने यो कुरा सरकारको नीतिमा भर पर्छ । अहिलेको अवस्था नै हेर्ने हो भने सरकारले नै पि सि आर टेष्टको लागि कहिले पैसा लिने कहिले नलिने गरिएको छ । तर्सथ यो कुरा सरकारको नीतिमा भर पर्छ । प्रश्न न. ३– धेरै चिकित्सकहरु आफनो पढाइमा लागेको लगानी असुल उपर गर्न जे पनि गर्न तयार हुन्छन् अलिकति पनि सामाजिक दायित्व के हो भन्ने बिर्सन खोजेको जस्तो महसुस समाजले गर्न थालेको छ, यसो किन भएको हो ?  हेर्नूस यो अवधारणा मलाई अलिकती सहि पनि लाग्दैन । हरेक क्षेत्रमा रामा्रे नरामो्र व्यक्ति हुन्छन् । यसलाई मात्र मेडिकल क्षेत्र संग जोडेर हेर्न मिल्दैन तर अहिले चाहि के छ भने ओभर इन्भेष्टिगेशन भईरहेको छ । छिटो कमाउ र छिटो सुबिधा लिने खोज्ने समाजको परिपाटी देखा सिखीले पनि यस्तो भएको होला तर त्यो तिर ध्यान दिनु भन्दा रोगको निधान तर्फ तिर लाग्नु एउटा असल चिक्तिसकको गुण हो । प्रश्न न. ४– एउटा समान्य गरीब जनतालाई रुँगा खोकि लागे पनि बिभिन्न टेस्ट गराउँछन् र बिपन्न बिरामीहरुको आय सो्रतले धान्न नसकने गरी बिभिन्न ल्याब टेष्ट खर्च गराउँछन् यस्ता समस्या तर्फ तपाई के भन्नुहुन्छ ?  ह्ेर्नूस उपचारको दूईवटा माध्यम हुन्छन् । एउटा रोग पत्ता लगाउने र अर्को औषधि दिने रोग पत्ता लगाउन गारो भएको हुँदा त्यस्मा टेस्ट गर्नु जायज पनि हो । तर हामीले ध्यान दिनु पर्ने कुरो के रहेको छ भने बिरामीको जीवनस्तर, उसको आयसो्रत यस्ता कुराहरुमा बिशेष ध्यान दिनु पर्ने जरुरी छ ।बिभिन्न अस्पतालहरुले के पनि गरेको पाईन्छ भने चाहे कुनै पनि बिरामी आओस चेक जाँच गर्ने एउटा श्रृखला बनाएको हुन्छ त्यो कुरा राम्रो होईन बिरामी जबसम्म चिकित्कसंग पुर्ण रुपमा सम्पर्कमा आउदैन तब सम्म कुनै पनि टेष्ट गराउनु जायज होईन चिकित्सकको सल्ललह लिएर मात्र चेक जाँच गराउनु पर्ने हुन्छ । बिपन्न बर्गहरुलाई बाँच्नका लागि आबश्यक टेष्ट गर्न पनि सकिन्छ तर दुई खालका बिरामीहरु देखा पर्न थालेका छन् एकखालका बिरामीहरुले धेरै टेष्ट गरेन पनि उपचार नै राम्रो गरेन भन्ने पनि छन् भने अर्को चेकजांच गरेर औषधी मात्र डाक्टर दिओस भन्ने पनि छन् तर हामीले उसको स्वास्थ्य र जीवन प्रति ध्यान दिन जरुरी छ । प्रश्न न. ५– तपाईले हालसम्म गरेका स्वास्थ्य क्षेत्रको अनुभवका बारेमा बताई दिनुहोस् ?  बाँचिए छ भने संसार देख्न पाईन्छ भन्ने हाम्रा बाउबाजेहरुको भनाई अहिले हाम्रो पिँडिले देख्न र अनुभव गर्न पाईएको छ । हैजा, टाईफाईड लगायत धेरै महामारी बिगतमा पनि भएको थिए हामीले सुनेका पनि हौ तर यस पटक आएको कोरोना भाईरस फरक र ध्यान दिनु पर्नै नै खालको छ । अति संबेधनशिल हुनु जरुरी छ । मेरो अनुभवमा कोरोनालाई हलुका रुपमा पनि लिनु भएन र त्रासको रुपमा पनि लिनु हुदैन । अब कोरोना संग हामीले बाँच्न सिक्नुपर्छ कोरोना ज्यानमारा रोग पनि होईन । तर यसबाट बच्न हामी आँफै सर्तकर्ता अपनाउनु पर्छ । जति बेला कोरोना देखि डर र सुन्ने बित्तिकै समाजले समेत घृणा गरेको अबस्था थियो त्यो बेला देखि नै म अग्रपंक्तिमा गएर सेवा गरेको छु । प्रश्न न. ६– हाल देखिएको सरकारी र निजी अस्पतालमा किन यति धेरै भिन्नता देखिन्छ ? उपचारै नभएर गरिबको मृत्य हाम्रो सामु देखा पर्न थालेको छ नि ?  हेर्नुस निजी अस्पताल कुनै पनि मानिसले व्यावसायिक रुपमा संञ्चालन गरेको हुन्छ र सरकारबाट इजाजत पनि प्राप्त गरेको हुन्छ । निजी अस्पताल भन्दा सरकारी अस्पतालमा कामको लोड बढी हुनु, जनशक्तिको आभाव हुनु जस्ता समस्याका कारणले गर्दा सरकारी क्षेत्रका चिकित्सकहरु अलि सेवा प्रवाहमा कमी आएको बताउछन । तर जिम्मेबारीबाट पन्छिन त काँहा हुन्छ र ? सरकारी नामै काफि छ । राज्यले चिक्तिसकलाई हेर्ने दृष्टिकोण पनि फरक छ,। मापदण्ड बनायो तर पालन छैन् यस तर्फ स्वयम् चिक्तिसकले ध्यान दिनु पनि पर्छ । निजी क्षेत्रमा आफनो काम र बिरामीलाई गर्ने सेवाले नै एउटा डाक्टर ब्यस्त हुन्छ फेरी सामाजिक दायित्व पनि छ तसर्थ गरिब र बिपन्न बिरामीहरुलाई मैले सेवा निःशुल्क पनि दिएको छु सकुन्जेल उनीहरुको माया र सदभावले नै हामीलाई समाजमा स्थापित गर्छ नि । कोरानाबाट सरकार पनि पन्छिनु हुदैन हामी त बिरामीहरुको सेवा नै गर्न भनेर सोही बिषय लिएर पढेको हौ तसर्थ बिरामीहरुको ज्यान जोगाउन तर्फ हाम्रो ध्यान जान्छनै । प्रश्न न. ७– कोरोनाको माहामारीमा तपाईको भुमिका कस्तो रहेको छ ?  हेर्नुस म आँफै कोराना अस्पतालमा कार्यरत छु । कारोना एक किसिमको भाईरस हो । यो भन्दा पहिला अहिले सम्म कहिले देखा परेको थिएन । म कोरोना बिरामीहरुको उपचार गरीरहदाँ उपचार भन्दा बढी पनि बिरामीलाई एउटा डर त्रास पैदा नगर्न भन्छु । यो रोग पनि एउटा समान्य रोग जस्तै हो भन्ने कुरा भन्छु । कोरोनाको प्रभावले अहिले समाजको हरेक क्षेत्र आर्थिक , समाजिक , धार्मिक , सांस्कृति सबै क्षेत्रमा धेरै प्रभाव पारेको छ । म अर्को कुरो के पनि भन्न चाहन्छु भने कोरोनाबाट बच्न अब आँफै साबधानि अपनाउनु पर्छ । नियमित रुपमा माक्सको प्रयोग गर्नुपर्छ , समाजिक दुरी कायम गर्नुपर्छ, हाट बजार जाँदा समाजिक दुरी बनाएर मात्र बस्नु पर्छ , सेनिटाईजरको प्रयोग गर्नु पर्छ , साबुन पानीले हात धुनु पर्छ । प्रश्न न. ८– तपाई यति धरै राम्रा काम गरीरहदा पनि र हाल तपाई कोरोना अस्पतालमा पनि कार्यरत रहदा पनि िकिन तपाई मिडियामा आउन चाहनु भएन ?  हेर्नुस मिडियामा आउन मलाई जरुरी पनि लागेन । म आफनो कार्य प्रवाह गरेर म निर आउने सम्पुर्ण बिरामीलाई रामे उपचार गर्छु । मलाई के लाग्छ भने मिडीयामा आउनु भन्दा नि आफनो कार्य गरेरै नै सबैलाई चिनाउनू मा म बिश्वास राख्छु । प्रश्न न. ९– अन्त्यमा तपाई के भन्नुहुन्छ ?  अन्त्यमा भन्नुपर्दा कोरोनाको त्रासबाट नियन्त्रण संगसंगै अर्थतन्त्रलाई पनि गति दिनु एकदम जरुरी छ र यसमा सरकार मात्र नभई हामी सबैले यस कुरामा ध्यान दिनु पर्ने देखिन्छ । यसमा सबैले आफनो सामाजिक दायित्व के हो भन्ने कुरो थाहा हुनु पर्छ । समाजिक दुरी कायम गरौ लगायत स्वास्थ्य मन्त्रालायले तयार गरेको मापदण्ड साथै आफु सुरुक्षित रहौ अरुलाई पनि बचाऔ भन्ने सोच हुनु पर्छ । नभए अबस्था गम्भिर मोडमा रहेको छ ।                                                          समाप्त

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो