Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई

2020 Nov 29 5:35 PM 16

विज्ञापन

Birat Cancer Hospital
कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई
कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई डेन्टल सम्बन्धि अनलाइनमा निशुल्क परामर्श दिरहेका एम.डी.एस. अर्थोडोन्टिक्स डा. लक्ष्मी प्रसाद चापागाँईसँग विराटखबरका लागि विमल साहले गरेको कुराकानीको अंश प्रस्तुत गरीएको छ । १. अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा किन यति धेरै चुनौती रहेको छ ?  स्वास्थ्य क्षेत्र एउटा धेरै नै संवेदनशिल क्षेत्र हो । अहिले त झन कोरोनाको माहामारीको प्रकोपले चूनौती थपेको छ । कोरोना भाईरस एउटा नयाँ किकिमको भाईरस हो । यो भाईरसले अहिले सबैमा त्रास पैदा गरेको छ र अर्को कुरो के छ भने स्वास्थ्य क्षेत्रमा जनशक्तिको आभाव हुनु , स्वास्थ्य सामाग्रीको आभाव हुनु जस्ता बिबिध कारणले पनि यस क्षेत्रमा चुनैती थपिदै गएको छ । स्वास्थ्य क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको ज्ञान सवै स्वास्थ्यकर्मिमा नहुनु पनि यसले ठुले चुनौती थपेको छ । अहिले त कोरोनाको प्रकोपलाई कसरी नियन्त्रण गर्ने भनेर सबैमा ध्यान आर्कषण गर्नू जरुरी रहेको छ । कोरोनाको प्रकोपबाट बच्न आवश्यक सावधानी सबैले आँफै अपनाउनु पर्छ, माक्सको प्रयोग नियमित रुपमा गर्नुपर्छ, नियमित रुपमा साबुन पानीले हात धुनु पर्छ । २. स्वास्थ्य क्षेत्र एउटा सबैभन्दा ठुलो सेवाको क्षेत्र हो तर पनि अहिले किन सबैभन्दा ठुलो ब्यापार बन्न पुगेको छ ?  हेर्नुस स्वास्थ्य एउटा सेबा नै हो अर्को कुरो के हो भने स्वास्थ्य व्यापार भन्ने कुरा सरकारको नीनिमा भर पर्छ । नेपालको परिवेशमा कुरो गर्ने हो भने स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा लगायतका सेबाहरु सरकारले हरेक जनतालाई सर्वसुल्भ रुपमा उपलब्ध गराउनु पर्ने हो । अब सरकारले हात उठाइसकेपछि यो त सरकारबाटै बिभाजन भएको कुरो हो यदि देशभरी मेडिकल कलेज , सरकारी िअस्पताल खोलदिने हो भने यस्तो समस्या नै आउदैन । स्वास्थ्य सेवा एउटा संवेदनशिल क्षेत्र हो जसलाइ सरकारले कसरी दिने भनेर स्पष्ट नीति बनाउनु पर्ने एकदम जरुरी छ । सरकारले नै निजी अस्पताल खोल्न ईजाजत दिने हुँदा यो त व्यापार वनिनै हाल्यो किनभने कोईपनि आफनो लगानी गरी सेवा मात्र गर्न बसेको हुदैन् ।vlcsnap-2020-11-29-17h27m57s440 ३. कोरोनाको कारण डेन्टल क्षेत्रमा कत्तिको प्रभाव परेको छ ?  कोरोनाको प्रकोपले अबश्य नै पहिलेको तुलनामा अहिले बिरामी आउनेमा कमि भएको छ । कोरोना प्रत्यक्ष रुपमा मुखबाटै सर्ने हदाँ बिरामी आउन पनि डराएका छन् । अहिले अब मानिसलाई अलि अलि समस्या हुदाँ त्यती मात्रामा आउन खोज्दैन् । डेन्टलमा के हुन्छ भने बिरामीको मुख भित्र हेरेर मात्रै उपचार हुने हदाँ अहिले पहिलाको तुलनामा बिरामी कम आउने गरेका छन् । बढी ईमरजेन्सी परेका बिरामीहरु मत्रै आउछन । ४. एउटा समान्य गरीब मानिसलाई दाँतमा कुनै समान्य समस्या हँदा अस्पताल आउन खोज्दैन । तर, पछि गएर कस्तो खालको बिकट समस्या निम्त्याउन सक्छ भन्नुस न ?  पहिलो कुरा हात खुट्टामा कुनै समस्या छ भने हामी देख्छौँ तर दाँतमा कुनै समस्या छ भने हामी देख्दैनौ । र समान्य दाँत दुखे पनि त्यती वास्ता गर्दैनौँ तर त्यो पछि गएर धेरै नै ठुलो समस्या निमत्याउन सकिन्छ । दाँतमा खिया लाग्नु, किरा लाग्नु, गिजा लाग्नु, दाँतहरु बाँगो टिङो हुनु अन्य जती पनि समस्याहरु छन् भने त्यसलाई तूरुन्त चिकित्सक निर गएर हेराईहाल्नु पर्छ नभए पछि गएर ठुलो समस्या आउन सकछ । हामीले के बुझनु पर्छ कि सानो चीज पनि पछी गएर ठुलो ससस्या आउन सक्छ । त्यसैले त्यसको समयमानै सामधान गनुपर्ने जरुरी छ । ५. मानिसले बिभिन्न किसिमका मादक पदार्थ सेवन गर्छ । यसको सेवनबाट पछि गएर कस्तो खालको घातक रोग लाग्न सक्छ ?  मनिसले चुरोट, गुटका, खैनी, सुपारी, पान, बिडी लगायतका बिभिन्न मादक पदार्थ सेवन गर्छ । यसले गर्दा सूरुमा मुखमा सानो तीनो घाउ बनाउने , मुखमा सेतो दाग, रातो दाग आउने ,मुखहरु राम्रो संग नखुल्ने, गालाहरु चम्रो हुने जस्ता समस्याहरु सुरुमा आउछन त्यो बढदै गईसकेपछि क्यानसर पनि हुन सक्छ । बिशेष गरी नेपाल, भारत बंगलादेशमा हेर्ने हो भने मादक पदार्थ बढी सेवन गरेको पाईन्छ र संसारमा मुखको क्यानसर सबभन्दा बढी पाइनृ क्षेत्र पनि यही नै हो । लामो समयसम्म यस्तो मादक पदार्थ सेवन गर्यो भने यसले मुखको जिब्रोको क्यान्सर हुन सक्ने समभावना बढी हुन्छ । ६. दाँतको उपचार खर्च यति धेरै महंगो किन भएको हो ?  डेन्टलमा के हुन्छ भने त्यसका सामानहरु बिभिन्न प्रयोग गर्नु पर्ने हुन्छ र त्यसमा बिभिन्न किसिमका मेसिनहरु प्रयोग गर्नु पर्ने हुन्छ जुन की अत्याधिक महंगो हुन्छ र महत्वपुर्ण कुरो के हो भने यसमा बिशेष किसिमको सिप चाहिन्छ । डेन्टल एउटा कला हो, सिप हो र त्यो सिप पाउनको लागि धेरै नै कष्ट तिरेको हुन्छ । यसको उपचार गर्ने बिधि पनि अरु भन्दा फरक भएकोले अलि महंगो भएको हो र अर्को कुरो के हो भने हाम्रो आयस्रोतको हिसाबले हामीलाई महंगो लागेको हो । ७. अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?  अन्तयमा एउटा समग्र रुपमा भन्नुपर्दा कोभिडबाट आबश्यक सावधानी आँफै अपनाउनु पर्ने जरुरी रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार कोभिडबाट बच्न आँफै सावधानी अपनाउनु पर्ने जरुरी रहेको देखिन्छ । अहिलेको समयमा कोभिडबाट बच्न र अर्थतन्त्रलाई गति दिन हामी सबैले आफनो अतुलनीय भुमिका निर्वाह गर्नुपर्छ । समाप्त

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो