Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई

2020 Nov 29 5:35 PM 46

विज्ञापन

Birat Cancer Hospital
कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई
कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई डेन्टल सम्बन्धि अनलाइनमा निशुल्क परामर्श दिरहेका एम.डी.एस. अर्थोडोन्टिक्स डा. लक्ष्मी प्रसाद चापागाँईसँग विराटखबरका लागि विमल साहले गरेको कुराकानीको अंश प्रस्तुत गरीएको छ । १. अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा किन यति धेरै चुनौती रहेको छ ?  स्वास्थ्य क्षेत्र एउटा धेरै नै संवेदनशिल क्षेत्र हो । अहिले त झन कोरोनाको माहामारीको प्रकोपले चूनौती थपेको छ । कोरोना भाईरस एउटा नयाँ किकिमको भाईरस हो । यो भाईरसले अहिले सबैमा त्रास पैदा गरेको छ र अर्को कुरो के छ भने स्वास्थ्य क्षेत्रमा जनशक्तिको आभाव हुनु , स्वास्थ्य सामाग्रीको आभाव हुनु जस्ता बिबिध कारणले पनि यस क्षेत्रमा चुनैती थपिदै गएको छ । स्वास्थ्य क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको ज्ञान सवै स्वास्थ्यकर्मिमा नहुनु पनि यसले ठुले चुनौती थपेको छ । अहिले त कोरोनाको प्रकोपलाई कसरी नियन्त्रण गर्ने भनेर सबैमा ध्यान आर्कषण गर्नू जरुरी रहेको छ । कोरोनाको प्रकोपबाट बच्न आवश्यक सावधानी सबैले आँफै अपनाउनु पर्छ, माक्सको प्रयोग नियमित रुपमा गर्नुपर्छ, नियमित रुपमा साबुन पानीले हात धुनु पर्छ । २. स्वास्थ्य क्षेत्र एउटा सबैभन्दा ठुलो सेवाको क्षेत्र हो तर पनि अहिले किन सबैभन्दा ठुलो ब्यापार बन्न पुगेको छ ?  हेर्नुस स्वास्थ्य एउटा सेबा नै हो अर्को कुरो के हो भने स्वास्थ्य व्यापार भन्ने कुरा सरकारको नीनिमा भर पर्छ । नेपालको परिवेशमा कुरो गर्ने हो भने स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा लगायतका सेबाहरु सरकारले हरेक जनतालाई सर्वसुल्भ रुपमा उपलब्ध गराउनु पर्ने हो । अब सरकारले हात उठाइसकेपछि यो त सरकारबाटै बिभाजन भएको कुरो हो यदि देशभरी मेडिकल कलेज , सरकारी िअस्पताल खोलदिने हो भने यस्तो समस्या नै आउदैन । स्वास्थ्य सेवा एउटा संवेदनशिल क्षेत्र हो जसलाइ सरकारले कसरी दिने भनेर स्पष्ट नीति बनाउनु पर्ने एकदम जरुरी छ । सरकारले नै निजी अस्पताल खोल्न ईजाजत दिने हुँदा यो त व्यापार वनिनै हाल्यो किनभने कोईपनि आफनो लगानी गरी सेवा मात्र गर्न बसेको हुदैन् ।vlcsnap-2020-11-29-17h27m57s440 ३. कोरोनाको कारण डेन्टल क्षेत्रमा कत्तिको प्रभाव परेको छ ?  कोरोनाको प्रकोपले अबश्य नै पहिलेको तुलनामा अहिले बिरामी आउनेमा कमि भएको छ । कोरोना प्रत्यक्ष रुपमा मुखबाटै सर्ने हदाँ बिरामी आउन पनि डराएका छन् । अहिले अब मानिसलाई अलि अलि समस्या हुदाँ त्यती मात्रामा आउन खोज्दैन् । डेन्टलमा के हुन्छ भने बिरामीको मुख भित्र हेरेर मात्रै उपचार हुने हदाँ अहिले पहिलाको तुलनामा बिरामी कम आउने गरेका छन् । बढी ईमरजेन्सी परेका बिरामीहरु मत्रै आउछन । ४. एउटा समान्य गरीब मानिसलाई दाँतमा कुनै समान्य समस्या हँदा अस्पताल आउन खोज्दैन । तर, पछि गएर कस्तो खालको बिकट समस्या निम्त्याउन सक्छ भन्नुस न ?  पहिलो कुरा हात खुट्टामा कुनै समस्या छ भने हामी देख्छौँ तर दाँतमा कुनै समस्या छ भने हामी देख्दैनौ । र समान्य दाँत दुखे पनि त्यती वास्ता गर्दैनौँ तर त्यो पछि गएर धेरै नै ठुलो समस्या निमत्याउन सकिन्छ । दाँतमा खिया लाग्नु, किरा लाग्नु, गिजा लाग्नु, दाँतहरु बाँगो टिङो हुनु अन्य जती पनि समस्याहरु छन् भने त्यसलाई तूरुन्त चिकित्सक निर गएर हेराईहाल्नु पर्छ नभए पछि गएर ठुलो समस्या आउन सकछ । हामीले के बुझनु पर्छ कि सानो चीज पनि पछी गएर ठुलो ससस्या आउन सक्छ । त्यसैले त्यसको समयमानै सामधान गनुपर्ने जरुरी छ । ५. मानिसले बिभिन्न किसिमका मादक पदार्थ सेवन गर्छ । यसको सेवनबाट पछि गएर कस्तो खालको घातक रोग लाग्न सक्छ ?  मनिसले चुरोट, गुटका, खैनी, सुपारी, पान, बिडी लगायतका बिभिन्न मादक पदार्थ सेवन गर्छ । यसले गर्दा सूरुमा मुखमा सानो तीनो घाउ बनाउने , मुखमा सेतो दाग, रातो दाग आउने ,मुखहरु राम्रो संग नखुल्ने, गालाहरु चम्रो हुने जस्ता समस्याहरु सुरुमा आउछन त्यो बढदै गईसकेपछि क्यानसर पनि हुन सक्छ । बिशेष गरी नेपाल, भारत बंगलादेशमा हेर्ने हो भने मादक पदार्थ बढी सेवन गरेको पाईन्छ र संसारमा मुखको क्यानसर सबभन्दा बढी पाइनृ क्षेत्र पनि यही नै हो । लामो समयसम्म यस्तो मादक पदार्थ सेवन गर्यो भने यसले मुखको जिब्रोको क्यान्सर हुन सक्ने समभावना बढी हुन्छ । ६. दाँतको उपचार खर्च यति धेरै महंगो किन भएको हो ?  डेन्टलमा के हुन्छ भने त्यसका सामानहरु बिभिन्न प्रयोग गर्नु पर्ने हुन्छ र त्यसमा बिभिन्न किसिमका मेसिनहरु प्रयोग गर्नु पर्ने हुन्छ जुन की अत्याधिक महंगो हुन्छ र महत्वपुर्ण कुरो के हो भने यसमा बिशेष किसिमको सिप चाहिन्छ । डेन्टल एउटा कला हो, सिप हो र त्यो सिप पाउनको लागि धेरै नै कष्ट तिरेको हुन्छ । यसको उपचार गर्ने बिधि पनि अरु भन्दा फरक भएकोले अलि महंगो भएको हो र अर्को कुरो के हो भने हाम्रो आयस्रोतको हिसाबले हामीलाई महंगो लागेको हो । ७. अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?  अन्तयमा एउटा समग्र रुपमा भन्नुपर्दा कोभिडबाट आबश्यक सावधानी आँफै अपनाउनु पर्ने जरुरी रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार कोभिडबाट बच्न आँफै सावधानी अपनाउनु पर्ने जरुरी रहेको देखिन्छ । अहिलेको समयमा कोभिडबाट बच्न र अर्थतन्त्रलाई गति दिन हामी सबैले आफनो अतुलनीय भुमिका निर्वाह गर्नुपर्छ । समाप्त

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला