Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

2020 Dec 1 3:37 PM 35

विज्ञापन

Birat Cancer Hospital
बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण
बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम तथा दलित र बिपन्न समुदायहरुको बसोबास रहेको छ । 127664550_482584889398239_5340709388449307469_nसि डि ओ नेपालले १७३ जना स्थानियलाई निशुल्क सिमारीक फिल्टर वाटर बितरण गरेको छ । जसमा एकसय ३६ जना गर्भवती महिला, ५ जना अपाङ भएको व्यक्ति, १ जना किडनी फेल भएको व्यक्ति र ३ वटा सामुदायिक बिद्यालयहरुमा समेत सिरामिक फिल्टर बितरण गरिएको संस्थाका कोषाध्यक्ष प्रदिप सिंह सुवालले बताउनु भयो । केन्द्रिय कार्यालय काठमाडौ रहेको संस्थाका अन्या शाखाहरु अस्ट्र्ेलिया, अमेरिका लगायत बिभिन्न देशहरुका रहेका छन् । मनखानी साथीहरुको सहयोगबाट जुटेको रकम हामीले गरिब तथा बिपन्न बर्गका गर्बवति महिलाहरुलाई स्वस्थ रहनका लागि स्वास्थ समाग्री निःशुल्क बितरण गर्दै आइरहेको कोषाध्यक्ष सिंहले बताउनु भयो । बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बिषेश पहलमा यो गरिब बस्तिमा हामी आईपूग्न सकेको र साच्चै समुदायको अबस्था पनि सहयोग गर्ने अबस्था रहेको सिंहको स्थलगत अनुभव रहेको बताएका छन् । बुढीगंगा गाउँपालिका स्थित तीन वटा समुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई कलबाट आउने आईरन समेत नष्ट गरी पानी खान योग्य बनाउने छ । ९९ सय प्रतिशत जुन सुकै पानि पनि फिल्टर गर्न सक्ने हुदा सबैलाई फाइदा पुग्ने र ७ बर्ष यस फिल्टरको आयु भएको कोषाध्यक्ष सिंहले बताएका छन् । 128802851_797449944372562_6681932166799983125_nकलको पानी बिश्द्ध हुने र त्यो पानी खाएर बिभिन्न घातक रोग समेत लाग्न सक्ने हुदाँ समाजमा स्वच्छ पानी पिउनका लागि संस्थाले कार्य गरेको फिल्ड संयोजक तुलसा आचार्यले बताउनु भयो । खासगरी बिपन्न बर्गका सर्वसाधारणलाई लक्षित गरी फिल्टर बितरण गरेको छ । जमिनमा गाडिएको कलको पिउने पानीमा कोलिर्फम मिसिएको पोठिया आधारभुत स्वास्थ्य केन्द्र वास्थ्य चौकीका इन्चार्ज बुद्धिनाथ चापागाईले बताए । उक्त संस्थाले खासगरी अपाङता भएका व्यक्ति, गर्भवती महिलालाई बिशेष प्राथमिकतामा राखी कार्य गरेको फिल्ड संयोजक आचार्यको भनाई छ । हामी यसलाई प्रयोग गर्छौ, मच्छेरले टोकेर वाक्क बनाएको हुनाले सुपानेट झुल पनि हामीले पाएको बर्ष ३२ की सुत्केरी महिला शान्ति हरिजनले बताईन् । अगामी १० बर्षमा मोरगंका सबै गाउँपालिकाका गरिब तथा बिपन्न समुदायमा काम गर्न लक्ष्य रहेको कोषाध्यक्ष सिंहले जानकारी गराए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न