Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या

2020 Dec 2 8:10 PM 33

विज्ञापन

Birat Cancer Hospital
अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या
बिराटनगर । कक्षा १२ मा अध्ययरत सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको आरोपमा उनकै एक जना साथीलाई प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा घर छिमिकैे साथी (जो सानै देखि खेल्दाको साथि) २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । आज बिहान युवकको शव दुहवी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो । शव भेटिएको स्थानबाट मृतक र हत्या आरोपीको घर नजिकै छ । मृतक युवक १० मंसिर यता बेपत्ता थिए । युवक सम्पर्क विहीन भएकै दिन हत्या भएको देखिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘बेलुका आमाले फोन गर्दा मृतकले नजिकै छु । केही समयपछि आउँछु भनेको देखिन्छ,’ उनले भने, ‘तर ८ बजेपछि फोन गर्दा तेरो छोरा मेरो कब्जामा छ भनेको देखिन्छ ।’ हत्यापछि घर आएका युवकले भोलिपल्ट बिहान आफूले अपहरण गरेको भन्दै म्यासेज पठाएका थिए । ‘घटनालाई डाइभर्ट गर्न अपहरण गरेको म्यासेज पठाएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘हत्यापछि मृतकको मोबाइल लिएर आरोपी घर गएका थिए ।’ बुधबारबाट छोरा बेपत्ता भएपछि बुबा सुरेन्द्रनारायणले बिहीबार छोरा खोजिदिन भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । लगत्तै अुनसन्धान सुरु गरेको प्रहरीले आइतबार राति झालाई पक्राउ गरेको थियो । पक्राउ परेका झाले आफूलाई होच्याएका कारण हत्या गरेको बयान दिएका छन् । अन्य साथीहरु फराररहेको हुनाले उनीहरुलाई समेत प्रकाउ पर्ने साथी झाले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न