Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आरती स्ट्रिपका मजदुर आक्रोशित

2020 Dec 31 2:59 PM 11

विज्ञापन

Birat Cancer Hospital
आरती स्ट्रिपका मजदुर आक्रोशित
डम्बर कुमार न्यौपाने विराटनगर । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिपले जानकारी विना नै मजदुर निकालेको छ । उद्योगले पटक पटक गरेर १ सय ८४ जना कामदार निकालेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । उद्योगले विना जानकारी मजदुर निकाले पछि मजदुरहरु आक्रोशित भएका छन् । आक्रोशित हुँदै मजदुरहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । उद्योगले कामदार निकाले पछि पुस १२ गते मजदुरहरु क्षतिपूर्ती सहित काम दिलाइ पाऊँ भन्दै श्रम कार्यालय पुगेका थिए । पुस १२ मा नै  श्रम कार्यालयले कामदारलाई पुनः बहाही गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिए पछि मजदुरहरु बिहिवार पुनः श्रम कार्यालय पुगेका छन् । ३ वर्ष देखि आरती स्ट्रिपमा काम गर्दै आएका सुरज यादवका अनुसार नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गरेको हो । लामो समय देखि काम गर्दै आएका कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गर्नु दुःखद रहेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । उनले भने ‘फेरी पनि श्रमको चिठीलाई उद्योगले अवज्ञा गरेको खण्डमा र श्रमले पनि न्याय दिलाउन आनाकानी गरेको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पछि हट्ने छैनौँ ।’ उनले भने, ‘आज श्रम कार्यालयको निर्णय पर्खिरहेका छौँ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो