Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आरती स्ट्रिपका मजदुर आक्रोशित

2020 Dec 31 2:59 PM 40

विज्ञापन

Birat Cancer Hospital
आरती स्ट्रिपका मजदुर आक्रोशित
डम्बर कुमार न्यौपाने विराटनगर । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिपले जानकारी विना नै मजदुर निकालेको छ । उद्योगले पटक पटक गरेर १ सय ८४ जना कामदार निकालेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । उद्योगले विना जानकारी मजदुर निकाले पछि मजदुरहरु आक्रोशित भएका छन् । आक्रोशित हुँदै मजदुरहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । उद्योगले कामदार निकाले पछि पुस १२ गते मजदुरहरु क्षतिपूर्ती सहित काम दिलाइ पाऊँ भन्दै श्रम कार्यालय पुगेका थिए । पुस १२ मा नै  श्रम कार्यालयले कामदारलाई पुनः बहाही गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिए पछि मजदुरहरु बिहिवार पुनः श्रम कार्यालय पुगेका छन् । ३ वर्ष देखि आरती स्ट्रिपमा काम गर्दै आएका सुरज यादवका अनुसार नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गरेको हो । लामो समय देखि काम गर्दै आएका कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गर्नु दुःखद रहेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । उनले भने ‘फेरी पनि श्रमको चिठीलाई उद्योगले अवज्ञा गरेको खण्डमा र श्रमले पनि न्याय दिलाउन आनाकानी गरेको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पछि हट्ने छैनौँ ।’ उनले भने, ‘आज श्रम कार्यालयको निर्णय पर्खिरहेका छौँ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला