Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

2021 Jan 3 11:12 AM 40

विज्ञापन

Birat Cancer Hospital
साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत
विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले ५–५ वटा कविता प्रस्तुत गरे । धीरजले ‘प्रेममा परेपछि’, काठमाडौं चित्र’, ‘आमाको बारेमा’, ‘राष्ट्रवादलाई संकट’ र ‘कसम’ कविता वाचन गर्दा दर्शक–स्रोताको राम्रै ताली पाए । त्यस्तै ‘ओरालोमा खोज्दै जीवन’, ‘कोठा चाहिएको सूचना’, ‘आदिवासी सत्य’, ‘आयुको सीमारेखाबाट एउटा प्रश्न’, ‘रुमाल’ दीपाले वाचन गर्दा विनयले ‘काँडा’, ‘पर्खाइ’ र ‘तिम्रो तस्बिर’ लगायतका कविता प्रस्तुत गरे । दीपा र विनयका कविताले पनि आरोहणको नाटक हलमा खचाखच दर्शक–स्रोताको मन जित्न सफल भयो । त्यस्तै मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरेको छ । तीन दशकभन्दा लामो समयदेखि सक्रिय कविराज पोखरेल र अग्रज कलाकार माया पौडेल ‘आशावादी’लाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र संस्था संरक्षक कवि एवं मीनकुमार नवोदितले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पोखरेललाई साहित्य र आशावादीलाई कला क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिनुभयो । साहित्य, कला, संगीतलगायतमा रुची भएका युवाहरु मञ्चमा आबद्ध छन् । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ नाटक मञ्चन गरिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला