Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम

2021 Jan 5 5:38 PM 43

विज्ञापन

Birat Cancer Hospital
अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम
काठमाडौ । खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि धुलिखेलमा निर्मित हिमालयन मोटरल्यान्ड सर्किट सफल हुने विश्वास गरिएको छ । साहसिक खेलको एउटा विधा मोटरर अटो स्पोट्र्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयास भैरहेको छ । महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा यस अघि लगानीको जोखिम उठाउन सकेका थिएनन् । टेलिभिजन फर्मुला वान, टूलगायतका प्रतियोगिता हेरेर यस खेलमा आकर्षित भएका केही खेलाडीलाई समेट्ने गरी नेपाल अटोमोबाइल्स संघ (नासा) ले पहिलो पल्ट मोटरस्पोट्र्सको सर्किट निर्माण गरेको छ । यस खेल विधाको सोख भएकाका लागि कम्तिमा मैदान तयार भएको छ । काभ्रेको धुलिखेल बजारदेखि करिव १ किलोमिटर पश्चिममा बिपी राजमार्गको छेवैमा ३५ रोपनीभन्दा बढी क्षेत्रमा सर्किट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिएको नेपालकै पहिलो रेस सर्किट हो । फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल्स (एफआईए) को ग्रासरुट मोटरस्पोट्र्स र क्लब डेभलपमेन्ट कार्यक्रमको आर्थिक सहयोगमा निर्माण भएको यो रेसकोर्सले नेपाली अटो र मोटर स्पोट्र्सको व्यावसायिकीकरण गर्न कोसेढुंगाको भूमिका खेल्ने विश्वास नेपाल अटोमोबाइल्स संघले लिएको छ । 134557480_936379473559748_144456037136244163_n साहसिक तथा पर्वतीय खेलहरूको संगठन नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि यो सर्किट सफल हुने विश्वास व्यक्त गरे । ‘साहसिक र पर्यटकीय खेलकुदलाई मुख्य खेल विधाका रूपमा स्थापित गर्न र अन्तर्राष्ट्रिय सफलतासहितको विकास गर्ने दिन अब धेरै टाढा छैन,’ नासाका पूर्व महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेका भट्टराईले भने, ‘नेपाली खेलमा अबको पहिचान साहसिक खेलकुद हो । त्यसमध्ये मोटरस्पोट्र्स मुख्य विधाका रूपमा स्थापित हुने प्रक्रियामा छ ।’ यो सर्किट ३ करोडभन्दा बढीको लगानीमा ४ वर्ष लगाएर निर्माण गरिएको हो । त्यसमध्ये एफआईएले ६० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । त्यसबाहेक नासाका पदाधिकारी र अन्य शुभचिन्तकबाट संकलन गरिएको रकमबाट निर्माण सम्पन्न भएको हो । एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो । सर्किटमा ३ सय मिटर पिच गरिएको छ । त्यहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । १ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ । कान्तिपुर पोष्टबाट

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला